झण्डा र नारा बिना काँग्रेस रामेछापको ‘सद्भाव र्याली’, कार्यकर्तामाझ असन्तुष्टि

रामेछाप – नेपाली काँग्रेस रामेछापले शुक्रबार १० औं संविधान दिवस विशेष ‘सद्भाव र्याली’सहित मनाएको छ । सभापति पुर्ण बहादुर तामाङ ( कान्छाराम)को नेतृत्वमा मन्थलीको कटहरबोटबाट सुरु भएको र्याली बिपि चोक हुँदै पार्टी कार्यालयमा पुगेको हो । तर, यस वर्षको र्यालीमा नेपाली काँग्रेसले पार्टीको झण्डा बोकेन् । झण्डा र नारा विनाको र्याली बिनाको कार्यक्रमको कुुनै औचित्य नभएको भन्दै संगठनभित्र असन्तुष्टि देखिएको छ ।
र्यालीमा केवल नेपालको राष्ट्रिय झण्डा मात्रै बोकिएको थियो र्यालीमा कुनै नारा समेत लगाइएको थिएन । यही कारण केही नेता तथा कार्यकर्ताले कार्यक्रममा भाग नै लिएनन् । सहभागी नहुनुको कारण जनाउँदै उनीहरूले भने, “झण्डा र नारा विना गरिएको यो र्याली मलामी हिँडेजस्तो देखियो, संविधान दिवसको उत्सव यसरी मनाउन सकिँदैन ।”तर, बोल्ने क्रममा सभापति पुर्ण बहादुर तामाङले पार्टीको केन्द्रले दिएको आदेशअनुसार पार्टी झण्डा नबोकेको स्पष्ट पारे । उनले केन्द्रको निर्देशनअनुसार राष्ट्रिय झण्डामात्रै बोकेर सद्भाव र्याली निकालिएको बताए ।
पार्टी कार्यालयमा पुगेर आयोजित सभामा भने अधिकांश नेताहरूले संविधानको रक्षा सबै नेपालीको साझा जिम्मेवारी भएको बताएका थिए । उनीहरूले नेपालको संविधानलाई विश्वकै उत्कृष्ट दस्तावेजको रूपमा व्याख्या गर्दै दलगत स्वार्थभन्दा माथि उठेर यसको संरक्षणमा लाग्नुपर्नेमा जोड दिए ।
हालैको जेन–जी आन्दोलनको प्रसंग उठाउँदै नेताहरूले जेन–जी आन्दोलनको माग संविधान खारेज गर्ने नभई भ्रष्टाचार विरोध र सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध हटाउनेमा सीमित रहेको बताए । तर, केही राजनीतिक दलले खराब नियतले आन्दोलनलाई भड्काएर देशका संरचना ध्वस्त पारेको बताए ।
नेताहरूले दिवंगत सभापति शुसिल कोइरालाले प्रधानमन्त्री हुँदा संविधान ल्याउन देखाएको साहसिक नेतृत्व र राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको संरक्षणमा देखाएको त्यागलाई स्मरण गरे । उनीहरूले अब काँग्रेसका सबै तहका नेता तथा कार्यकर्ताले संविधानको रक्षा गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याए ।
२००७ सालदेखि प्रत्येक निर्णायक आन्दोलन र राजनीतिक मोडमा कांग्रेसले अग्रसर भूमिका खेल्दै आएको इतिहास स्मरण गर्दै नेताहरूले भने, “देशलाई संरक्षित गर्ने जिम्मेवारी होस् वा आन्दोलनको नेतृत्व गर्ने, काँग्रेस सधैं अग्रपंक्तिमा रहँदै आएको छ ।”

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...