जगदीशको १० औँ स्मृतिमा अन्तर्मन कुरा

Written by meropradesh creator

१४ कार्तिक २०८०, मंगलवार

रामेछाप । समाजसेवी, पत्रकार, साहित्यकार जगदीश घिमिरेको १० औँ स्मृति दिवस घिमिरेको सम्झना गर्दै घिमिरे द्वारा लिखित पुस्तक अन्तर्मनको यात्राको व्याख्या गर्दै मन्थलीमा सम्पन्न भएको छ । तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था, तामाकोसी अस्पताल मन्थलीको संयुक्त आयोजनामा जगदीश घिमिरेलाई सम्झँदै १० औँ स्मृति दिवस सम्पन्न भएको हो ।
 तामाकोसी सेवा समिति, जगदीश घिमिरे प्रतिष्ठान, मन्थली बचत तथा ऋण सहकारी संस्था, तामाकोसी अस्पताल मन्थलीले आफ्नो संस्थाको संस्थापक तथा संरक्षक घिमिरेको सम्झनामा प्रत्येक वर्ष स्मृति दिवस मनाउने गरेको र सोही अनुसार यस वर्ष पनि आयोजना गरेको मन्थली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष गोविन्द घिमिरेले बताए ।
तामाकोसी सेवा समितिका अध्यक्ष गुन्ज बहादुर श्रेष्ठको अध्यक्षतामा भएको स्मृति सभामा बोल्दै पत्रकार महासङ्घ रामेछापका अध्यक्ष बद्री नयाँघरे, तामाकोसी अस्पतालका प्रबन्ध निर्देशक डाक्टर सुमन कर्माचार्य अन्तर्मनको  यात्राको चर्चा परिचर्चा गरेका थिए । अन्तर्मनको  यात्रा नामक पुस्तकले भूगोल देखी इतिहास र विज्ञानको समेत कुरा समेट्दै रामेछापको पहिचान समेत उल्लेख गरेको बताए । कार्यक्रममा उक्त संस्थाका सदस्य, कर्मचारी लगायत जिल्लाका पत्रकार र सामाजिक व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...