काठमाडौं । आगामी जेठ १ गत आर्थिक वर्षक २०८१÷०८२ को लागी नीति तथा कार्यक्रम संघीय संसद्मा प्रस्तुत गर्ने सरकारले तयारी थालेको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ १ गते दिउँसो ३ बजे संसद्मा प्रस्तुत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलको सल्लाहमा जेठ १ गते नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम तय भएको मन्त्री शर्माको भनाई छ । सरकारको नीति तथा कार्यक्रम संसद्मा राष्ट्रपतिले पढेर सुनाउने व्यवस्था रहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...