रामेछाप । जेसिजको राष्ट्रिय उपाध्यक्ष पदमा रामेछापका जिवन कार्की बिजय भएका छन् । रामेछाप जेसिज शाखाको अध्यक्ष समेत रहेका कार्की पोखरामा भएको ४८ औं राष्ट्रिय महाधिबेशन बाट उपाध्यक्ष पदमा निर्वाचित भएका हुन । राष्ट्रिय उपाध्यक्षको लागी भएको निर्वाचनमा १२ पदको लागी १९ जनाले उपाध्यक्ष पदमा उमेदवारी दिएका थिए । जम्मा खसेको १२ सय ६८ मतमा सबै भन्दा धेरी जेसी कुमार सिंहले ९ सय ८० मत प्राप्त गदै पहिलो मत ल्याउन सफल भए भने कार्कीले ९ सय ७१ मत प्राप्त गरेका छन् । राष्ट्रिय उपाध्यक्षमा कार्की सहित १२ जना उपाध्यक्ष पदमा निर्वाचित भएका हुन् । अध्यक्ष पदमा जेसी लालमणी भण्डारी, कार्यकारीणी उपाध्यक्ष पदमा जेसी दिपेन्द्र निरौला, जेसी सुनिल तिमल्सीना,रमा कुमारी प्याकुरेल, अनिल बहादुर शाही बिजय भएका छन् ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...