जेसिज अध्यक्षमा जीवन कार्की निर्वाचित

Written by meropradesh creator

१२ पुष २०७७, आईतवार

जेसिज २०२१ जिल्ला कार्यसमीतीको अध्यक्षमा जीवन कार्की विजय भएका छन् । रामेछापको मन्थलीमा शनिबार सम्पन्न जेसिजको छैटौ जिल्ला अधिवेशनले सन् २०२१ का लागि जीवन कार्कीको नेतृत्वमा नयाँ कार्य समिति निर्वाचित गरेको हो । अध्यक्ष पदका लागि भएको मतदानमा २१ मत प्राप्त गरी कार्की निर्बाचित भएका छन भने अध्यक्षका अर्का प्रत्यासी रामकुमार बस्नेतले १७ मत प्राप्त गरेकोे थियो । जेसिज रामेछापका कुल ४१ सदस्यहरू मध्ये ३८ मत मात्र खसेको थियो ।
नव निर्वाचित कार्यसमितिमा कार्यकारी उपाध्यक्ष द्वय सरस्वती राय र प्रज्वल बुढाथोकी,े उपाध्यक्षहरुमा क्रमश धिरज खत्री,संगिता श्रेष्ठ,कुमार श्रेष्ठ र सन्तोष भट्टराई रहेका छन । अध्यक्ष बाहेक अन्य पद भने निर्विरोध भएको हो । विधान अनुसार अध्यक्षले मनोनित गर्न पाउने महासचिव र कानूनी सल्लाहकारमा क्रमश सन्तोष खत्री र रामहरी सापकोटालाई पनि शनिवार नै मनोनित गरिएको नवनिर्बाचित अध्यक्ष कार्कीले वताउनुभयो । जेसिज २०२० का अध्यक्ष गोपाल खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उद्घाटन मन्थली शहिद स्मृति वहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख गुञ्ज बहादुर श्रेष्ठले गर्नु भएको थियो ।
सो अवसरमा जेसिजका पूर्ब अध्यक्षहरु क्रमश भिमसेन बस्नेत, जनक लामा, प्रदिप कुमार बस्नेत, गुण राज भट्टराई (आकाश), र रामहरी केशी लगायतले आ–आफ्नो मन्तब्य राख्नु भएको थियो । जेसिजले विगतका वर्षहरू देखिनै जिल्लामा बिभिन्न किसिमका सामाजिक कामहरू गर्दै आइरहेको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा निरुता ठगुन्ना नियुक्त

नेपाल एपीएफ क्लबकी प्रभावशाली खेलाडी निरुता ठगुन्ना नेपाली राष्ट्रिय महिला भलिबल टोलीको कप्तानमा नियुक्त हुनुभएको छ । राष्ट्रिय महिला भलिबल टोलीको नेतृत्व सम्हाल्ने उहाँ छैटौँ कप्तान बन्नुभएको हो । राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक जगदीश भट्टको सिफारिसमा नेपाल भलिबल...

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

सर्लाहीका ६ विपन्न विद्यार्थीलाई गगनकुमार थापाले निःशुल्क पढाउने

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाहीका छ जना स्कुले विद्यार्थीलाई निःशुल्क पढाउने व्यवस्था मिलाउनुभएको छ । सर्लाहीको बलरा नगरपालिका, गोडैता नगरपालिका र धनकौल गाउँपालिकाका आर्थिक अवस्था कमजोर भएका जेहेन्दार विद्यार्थीलाई थापाले निःशुल्क अध्ययनको...

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

डहु माध्यमिक विद्यालयद्वारा एसइई उत्तीर्ण विद्यार्थी र शिक्षकलाई सम्मान गरिँदै, पूर्वमन्त्री कुलमान घिसिङ प्रमुख अतिथि

सुनापति गाउँपालिका वडा नम्बर ४ मा अवस्थित डहु माध्यमिक विद्यालयले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (SEE) उत्तीर्ण विद्यार्थी र विद्यालयको शैक्षिक विकासमा योगदान पुर्‍याउने शिक्षकहरूलाई सम्मान गर्ने भएको छ । विद्यालयले आगामी जेठ ३ गते आइतबार एक विशेष...