काठमाडौं । जेनजीको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका एक प्रदर्शनकारीको मृत्यु भएको छ । मृतकको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ । उनलाई नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिभिल अस्पतालका निर्देशक मोहन रेग्मीका अनुसार हालसम्म करिब ७०–८० जना घाइते अस्पतालमा उपचाररत छन् । थप विवरण आउन बाँकी छ ।









