प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार दिउँसो राजीनामा दिएका छन् । जेनजी आन्दोलन चर्किँदै गएपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ओलीको सचिवालयमा कार्यरत प्रकाश सिलवालले राजीनामा बारे जानकारी गराएका छन् ।
सरकारको कार्यशैली प्रति असन्तुष्ट युवाहरुले सोमबारदेखि जेनजी आन्दोलन सुरु गरेका थिए । सुरुमा आन्दोलन शान्तिपूर्ण भएपनि प्रहरीप्रशासनले गोली चलाएपछि १९ जनाको ज्यान गएको थियो । यसैको आक्रोशमा मंगलबार युवाहरुले प्रधानमन्त्रीदेखि मन्त्री तथा नेताहरुको निवास र पार्टी कार्यालयमा आक्रमण गरिरहेका छन् । आन्दोलन थप चर्किने भएपछि प्रधानमन्त्री ओलीले घुँडा टेक्न बाध्य भएका हुन् ।









