जातीय छुवाछूत गरेको भन्दै नगरकोटीलाई साढे ४ वर्ष कैद सजाय

Written by meropradesh creator

८ आश्विन २०७९, शनिबार

रामेछाप । जिल्ला अदालत रामेछापले जातिय छुवाछुत तथा विभेद गरेको भन्दै मन्थली नगरपालिका ६ भलुवाजोरका ६३ वर्षिय शेरबहादुर नगरकोटीलाई साढे ४ वर्ष कैद सजाय सुनाएको छ । नगरकोटीलाई शरीर बन्धकमा तिन वर्ष र जातिय छुवाछुत गरेको आरोपमा साढे १ बर्ष कैद सजाए सुनाएको हो ।

नगरकोटीले २०७८ साल फागुन ३० गते सोमबार गैरदलित समुदायको दलित बालीका घर भित्र छिरेको भन्दै २१ घण्टा सम्म बन्दी बनाएर यातना दिएका थिए । आफुहरु घरमा नभएको समयमा आफ्नो घरमा गैरदलित छिरेर दहि चोरी खाएको भन्दै नगरकोटीको परिवारले बालीकालाई बाँधेर यातना दिएका थिए । स्थानीय देवीस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत १३ वर्षीय बालिकालाई २१ घण्टासम्म डोरीले बाँधेर यातना दिएको आरोपमा उनलाई जिल्ला अदालत रामेछापले शुक्रबार साढे ४ वर्ष कैद सजाय सुनाएको हो ।

जातीय तथा अन्य सामाजिक छुवाछूत तथा भेदभाव कसूर र सजाय ऐन, २०६८ लागू भएको ११ वर्षपछि पहिलो पटक जातीय छुवाछुत गर्नेमाथी एक वर्ष कैद सजाय तोकिएको हो । नगरकोटी दम्पतीबाट संयुक्त रुपमा ७० हजार रुपियाँ क्षतिपुर्ती भराइ ७५ हजार रुपियाँ जरिवानाको फैसला भएको जिल्ला अदालत रामेछापका स्रेस्तेदार रामप्रसाद पौडेलले जानकारी दिए । उनका अनुसार जातीय छूवाछूत तथा भेदभाव सम्बन्धी कसूर मुद्दाको प्रतिवादी नगरकोटीका छोरा रोशन नगरकोटीले भने सफाइ पाएका छन् ।

आफूहरूको पक्षमा फैसला गरेर अदालतले न्याय दिएको पीडित बालिकाकी ठुलो बुबा सार्की नेपालीले बताएका छन् । ‘घरभित्र छिरेको भन्दै छिमेकी शेरबहादुर नगरकोटीले बालीकालाई नाम्लोको डोरीले बाँधेर २१ घण्टासम्म यातना दिएका भन्दै न्यायलय बाट न्यायपाएकोमा खुसी ब्यक्त गरे । जिल्ला अदालत रामेछापले शुक्रबार नगरकोटीलाई साढे चार वर्ष जेल सजाय र ७५ हजार जरिवाना तोके संगै शनिबार पत्रकार सम्मेलको आयोजना गरी दलित पत्रकार महासंघ रामेछापले उक्त कुरा जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...