काठमाडौं । जासुसी गरेको आरोपमा इरानका पुर्व रक्षा मन्त्री अलिरेजा अकबरीलाई फाँसी दिइएको इरानको सरकारी मिडियाले जनाएको छ । बुधबार अकबरीको परिवारलाई जेलमा गएर उनीसँग ‘अन्तिम भेट’ गर्न भनिएको थियो । उनलाई एक ठाउँमा एक्लै बन्दी बनाएर राखिएको अकबरीकी श्रीमतीले बताइन् । अलिरेजा अकबरी इरानका पूर्व उप रक्षा मन्त्री थिए । उनी सन् २०१९ मा पक्राउ परेका थिए । पछि उनलाई बेलायतका लागि जासुसी गरेको आरोप लागेको थियो । उनले यी आरोपहरू अस्वीकार गर्दै आएका थिए
उनको बेलायत र इरानको दोहोरो नागरिकता रहेको थियो । बेलायतले इरानलाई अकबरीलाई दिइएको मृत्युदण्ड रोक्न र जतिसक्दो चाँडो रिहा गर्न आग्रह गरेको थियो । शुक्रबार बेलायती विदेश सचिव जेम्स क्लिभरलीले इरानले मृत्युदण्डको धम्की कार्यान्वयन गर्न नहुने बताएका थिए ।