जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी ठग्ने गिरोह पक्राउ

२१ बैशाख २०८१, शुक्रबार

काठमाडौँ । नेपाल प्रहरीले जापान पठाइदिने प्रलोभनमा २ सय भन्दा बढी मानिसहरुसँग ठगी गर्ने दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।काठमाडौं उप त्यका अपराध अनुसन्धान कार्यालयले शुक्रबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । उनीहरुले अर्काको नागरिकताको दुरुपयोग गरी अर्काकै नाममा कन्सलटेन्सी दर्ता गरेर ठगी गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।


पक्राउ पर्नेमा वर्ष ३५ का नारायणबहादुर राई भन्ने राजन श्रेष्ठ र पर्वराज पाण्डे भन्ने वर्ष ४६ का ईश्वरी पाण्डे रहेका छन् । श्रेष्ठ रामेछाप लिखु तामाकोशी गाउँपालिका ७ का हुन् भने पाण्डे झापा गौरीदह नगरपालिका १ का रहेको उपत्यका अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बताए ।
रामेछाप घर भएका राजन श्रेष्ठले नारायणबहादुर राईको नाममा सानिमा बैंक समेतमा खाता खोलेको र खाता खोल्दा केवाइसी फर्ममा आफ्नो फोटो राखेको तर नागरिकता नारायण बहादुर राईको राखेको साथै केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग अलग हुँदा समेत सानिमा बैंकले भेरिफाइ नगरी खाता खोलिदिएको र उक्त खातामा विदेश जान चाहने मानिसहरुबाट रकम जम्मा गर्न लगाई ठगी गरी उक्त रकमहरु निकाली दुरुपयोग गरेको देखिएको बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

मन्थली नगर कप भलिबल प्रतियोगिता सम्पन्न: पुरुषतर्फ चिसापानी र महिलातर्फ भटौलीले जिते उपाधि

मन्थली नगर कप भलिबल प्रतियोगिता सम्पन्न: पुरुषतर्फ चिसापानी र महिलातर्फ भटौलीले जिते उपाधि

मन्थली नगरपालिका नगर खेलकुद विकास समितिको आयोजनामा भएको चौथो मन्थली नगर कप रनिङ शिल्ड पुरुष भलिबल तथा दोस्रो मन्थली नगर कप महिला भलिबल प्रतियोगिता २०८२ भव्य रूपमा सम्पन्न भएको छ । मन्थली माविको खेलमैदानमा चार दिनसम्म चलेको उक्त प्रतियोगितामा विभिन्न वडाहरूका टिमले...

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

पालिका संख्या र सीमाना हेरफेरको तयारी, सुझाव माग्दै सरकार

काठमाडौं । सरकारले देशभरका स्थानीय तहहरूको संख्या र सीमाना पुनरावलोकन गर्ने तयारी थालेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका तथा नगरपालिका र वडाको संख्या तथा सीमाना हेरफेर, गाभिने तथा नगर वर्गीकरण पुनरावलोकनसम्बन्धी मापदण्डको मस्यौदा तयार पारेर...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...