इन्चार्जद्धारा स्वास्थ्यकर्मी माथी निर्घात कुटपिट

Written by meropradesh creator

२३ जेष्ठ २०७९, सोमबार

रामेछाप । मन्थली नगरपालिका–५ सुनारपानी स्वास्थ्य चौकीका ईन्चार्ज चिनीमाया बलले शुक्रवार आफनै कर्मचारीलाई कार्यकक्षमा नै निर्घात कुटपीट गरेकी छिन् ।

खोप समिक्षा र आगामी कार्यक्रम कसरी संचालन गर्ने भन्ने विषयमा छलफल शुरु भएपछि ईन्चार्ज बलले बैठकमा अनुपस्थित रहेका अनावश्यक मानिसको नाम पनि माईन्युटमा समावेस गराएकी थिईन् । सो विषयमा सोही चौकीमा कार्यरत अहेब गंगा थापाले अनुपस्थित नभएको मान्छेको नाम राख्ने कुरामा असहमति जनाएपछि ईन्चार्ज बलले आफनै स्टोर किपर समेत रहेकी थापालाई बैठक स्थलमानै कुटपिट गरेकी हुन् ।

कुटपीटपछि इन्चार्ज बलले थापालाई कार्यकक्षबाट बाहिर निस्कन नदिई कोठा बन्द गरेर राखेकी थिइन । स्वास्थ्य इन्चार्ज बलको पीटाईबाट देखिने खालको बाहिरी चोट नलागेको भएपनि गंगाले लगाएको गलाको पोते छिनेको छ भने लगाएको चश्मा समेत फुटेको थियो । घटनाको बिषयमा स्वास्थ्य चौकीका अन्य कर्मचारीहरुले मन्थली नगरपालिकामा जानकारी गराएपछि मन्थली नगरपालीकाकी उप–प्रमुख ईश्वरी बस्नेत, वडा अध्यक्ष नबीन कार्की र स्वास्थ्य शाखाका प्रमुख केशब फुँयाल कार्यालयमा पुगेर घटनाको बारेमा जानकारी लिएका थिए । उनीहरुले घटनामा ईन्चार्ज बल सहित अन्य कर्मचारिहरुलाई पनि राखेर छलफल गरेपछि उनीहरु आपसमा मिल्ने सहमतीमा आफुहरु फर्किएको मन्थली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केशव फुयालले जानकारी दिए ।

उक्त घटनापछि स्वास्थ्य चौकी इन्चार्ज बलले आफ्नो गल्ती ढाकछोप गर्न निर्णय पुुस्तिकामा नाम लेखिएका तर वैठकमा नआएका व्यक्तीहरुको घरघरमा निर्णय पुस्तीका पुर्याएर सहि गराएको श्रोतले बतायो । इन्चार्ज बलले यसअघिका बैठकमा पनि नआएका व्यक्तिहरुको नाम निर्णय पुस्तिका उतार गरी बैठक भक्ता आफै बुझ्ने गरेकाले यसपटक उक्त कार्य रोक्न खोज्दा कर्मचारी माथी सांघातिक रुपमा आक्रमण भएको श्रोतले जानकारी दियो ।

उक्त घटनालाई लिएर सोमबार मन्थली नगरपालिकामा गंगा थापाले आफु माथि स्वास्थ्य चौकी इन्चार्ज बलले अक्षम्य अपराध गरेकोले दोषीलाई कार्वाही गरी पाउँ भन्दै नगरपालीकामा उजुरी दिएको नगर स्वास्थ्य शाखा प्रमुख केशब फुयाँलले जानकारी दिए । उनले भने इन्चार्ज बल माथी उजुरी परेकोले मंगलबार दुवै पक्षलाई आबश्यक छलफलको लागि नगरपालिकामा बोलाइएको छ । यदी इन्चार्ज बल दोषी देखिए आवश्यक कार्बाही गरिने पनि फुयाँलले बताए ।

सुनारपानीको स्वास्थ्य चौकीमा यसअघि पनि थुप्रै आर्थीक हिनामीना गरेको भन्ने सम्मका मौखिक उजुरी पनि नगरपालिकामा आएको हुनाले यसबारेमा पनि अनुसन्धान गरि दोषिको पहिचान गरिने जानकारी पनि स्वास्थ्य इन्चार्ज फुयालले गराए । उनले भने त्यसपछि नगरले सुनारपानी स्वास्थ्य चौकी घटनाको यर्थाथ विवरण सार्वजनिक गर्ने छौं ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ मा रास्वपाको जित, रेणु दाहाल दोस्रो स्थानमा सीमित

चितवन–३ को प्रतिनिधिसभा निर्वाचनमा सोविता गौतमले जित हासिल गरेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टी की उम्मेदवार गौतमले ५९,२७७ मत प्राप्त गर्दै आफ्नी निकटतम प्रतिस्पर्धी रेणु दाहाल लाई करिब ३८,६६२ मतले पराजित गरिन्। दाहालले २०,६१५ मत प्राप्त गर्दै दोस्रो स्थानमा सीमित...

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

रास्वपाको उदय: ३६ सिट जित, झापा–५ मा बालेन शाहको ठूलो अग्रता

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक मतपरिणामले देशको राजनीतिक परिदृश्यमा नयाँ मोड देखाएको छ। हालसम्मको मतगणनाअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले देशभर प्रभावशाली प्रदर्शन गर्दै अग्रता लिइरहेको छ। पछिल्लो विवरणअनुसार रास्वपाले ३६...

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा म्याग्दी जिल्लाबाट स्वतन्त्र उम्मेदवार महावीर पुन भारी मतान्तरसहित विजयी भएका छन्। एक मात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा पुनले नेकपा एमालेका उम्मेदवार हरिकृष्ण श्रेष्ठ भन्दा करिब तीन गुणा बढी मत ल्याउँदै जित...