इजलासमा दुर्गा प्रसाईं र रविन्द्र मिश्रले दिए बयान

१४ बैशाख २०८२, आईतवार

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र ’संयुक्त जनआन्दोलन समिति’ ले तोकेका ’जनकमाण्डर’ दुर्गा प्रसाईंले आइतबार इजलासमाबयान दिएका छन् ।
आइतबार उनीहरू सहित तीनकुने घटनामा पक्राउ परेका व्यक्तिहरूलाई म्याद थपका लागि जिल्ला अदालत काठमाडौंका न्यायाधीश ईश्वरीप्रसाद भण्डारीको इजलासमा उपस्थित गराइएको थियो । उपस्थित गराउँदा दुबै जनाले आ–आफ्ना धारणा राखेका छन् । मिश्रको तर्फबाट वरिष्ठ अधिवक्ताहरू राजु बस्नेत, विष्णु भट्टराई र गोविन्द बन्दीले बहस गरका छन् । बहसका क्रममा उनीहरूले मिश्रलाई हाजिर जमानी÷साधारण तारेखमा रिहा गर्नुपर्ने माग राखेका छन् ।
त्यसबीच मिश्रले आजको इजलासमा पनि आफ्ना धारणा राखेका छन् । मिश्रले आज आमाको मुख हेर्ने दिन भएकाले पनि छाडिपाउँ भनेर अनुरोध गरेका छन् । उनले आफूले कुनै गलत काम नगरेको बताएका छन् ।
मिश्रले भने ‘आमाको कसम खाएर भन्न चाहान्छु मैले कुनै गलत काम गरेको छैन । आज आमाको मुख हेर्ने दिन पनि हो । मुख हेर्न पाऊ,’ उनको भनाइ उदृत गर्दै वरिष्ठ अधिवक्ता बस्नेतले भने, ‘त्यस दिन मैले कुनै कसुर गरेको छैन।’ स्टेजमै अश्रुग्यास प्रहार भएपछि आफू आवेगमा आएको, तर हिंसा भड्काउनमा संलग्न नरहेको उनले बताएका थिए ।
‘स्टेजमा अश्रुग्यास प्रहार भयो । नवराज सुवेदी त्यहीँ हुनुहुन्थ्यो। उहाँको रेस्क्यु गरेँ। त्यहीँ अश्रुग्यास प्रहार भएपछि आवेगमा आएँ। तितिरबितर भएको थियो भीड,’ थप उदृत गर्दै बस्नेतले भने, ‘त्यसपछि आउनुस्, आउनुस् भनेको हुँ। अरू मैले शीर निहुरिने कुनै पनि काम गरेको छैन। तोडफोड, आगजनीमा संलग्न छैन ।’
आइतबार इजलासमा दुर्गा प्रसाईंले पनि धारणा राखेको उनका तर्फबाट वकालत गरेका वरिष्ठ अधिवक्ता टंक दुलालले जानकारी दिए। प्रसाईंको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले पनि बहस गरेका थिए । ‘म विचारका लागि त्यहाँ पुगेको हुँ । त्यहाँ पुग्नुअगाडि नै घटना भइसकेको थियो,’ प्रसाईंको भनाइ उदृत गर्दै वरिष्ठ अधिवक्ता दुलालले भने ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...