हरेक वरिपर्तनमा पत्रकारिता क्षेत्रको महत्वपुर्ण भुमिका ःजिसस प्रमुख खड्का

Written by meropradesh creator

२९ मंसिर २०७७, सोमबार

मंसिर २९,रामेछाप
नेपाल प्रेस काउन्सिलले पत्रकार महासंघ रामेछापसंगको समन्वयमा सोमबार मन्थलीमा पत्रकार आचारसंहिता तथा कोरोनाले मिडियामा पारेको प्रभाबको विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । पत्रकारिता क्षेत्रमा भएको प्रविधिको विकाससंगै पत्रकार आचारसंहिता पालना पनि चुनौतीपुर्ण बन्दै गएकाले भन्दै पत्रकार आचारसंहिता सम्बन्धी जानकारी गराउदै देश भर पत्रकारीता क्षेत्रमा भएका घटनाहरुको जानकारी गरिएको थियो । अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै
जिल्ला समन्वय समिति रामेछापका प्रमुख प्रेम बहादुर खड्काले मुलुकमा भएका हरेक वरिपर्तनमा पत्रकारिता क्षेत्रको महत्वपुर्ण भुमिका रहेको बताउनु भयो । मन्थली नगरपालिका प्रमुख रमेश कुमार बस्नेतले अहिलेको पत्रकारितालाई थप मर्यादित बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले पत्रकार आचारसंहिताको पुर्ण कार्यान्वयन गरेर पत्रकारहरुले सकरात्मक सोचका साथ पत्रकारिता गर्नुपर्ने बताउनुभयो । पछिल्ला समयमा मर्यादित पत्रकारिता गर्ने पत्रकारहरु कमै रहेकाले यो क्षेत्रलाई मर्यादित बनाउनका लागि सरोकारवाला निकाय लाग्नुपर्ने बताउनु भयो । उहाँले मन्थली नगरपालिका भित्र सञ्चालन भएका सञ्चारमाध्ययमको संरक्षण र त्यसमा कार्यरत पत्रकारहरुको हक हितका लागि मन्थली नगरपालिकाले काम गरिरहेको बताउर्दै आगामी दिनमा पनि थप प्रभावकारी काम गर्ने प्रतिवद्धता जनाउनुभयो । पत्रकार महासंघ रामेछापका अध्यक्ष रमेश ढुंगेलको अध्यक्षता , जिल्ला समन्वय समितिका प्रमुख प्रेम बहादुर खड्काको प्रमुख आतिथ्यता र मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य चेतनाथ धमला र निवर्तमान सदस्य ईश्वरी ओझाले प्रेस काउन्सिल नेपालले गरिरहेको कामका बारेमा बोलेका थिए । कार्यक्रममा प्रेस काउन्सिल नेपालका सूचना अधिकारी एवं उपप्रशासकिय अधिकृत रामशरण बोहराले प्रेस काउन्सिल नेपालले अहिलेसम्म गरेको काम र त्यसको प्रभावका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...