होटल तथा पर्यटन व्यवसायी संघको साधारण सभा मन्थलीमा हुदैः सातै प्रदेशका होटल व्यवसायि मन्थलीमा भेला हुदै

रामेछाप । होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको चैत्र ३ गते साधारण सभा मन्थलीमा हुने भएको छ । साधारण सभामा देश भरका होटल तथा पर्यटन व्यवसायिहरु सहभागी हुने भएको छ ।

संघले बिहीबार सदरमुकाम मन्थलीमा पत्रकार सम्मेलन गरी चैत ३ गते मन्थलीमा हुन लागेको चौथो साधारण सभाको सम्पूर्ण तयारी सकिएको बताएको छ । मन्थलीको तीनलाल पार्कमा हुने साधारण सभामा पर्यटन प्रवर्द्धनलाई पार्थमिक्ता दिने पत्रकार सम्मेलनमा जनाएको छ ।

संघले साधारण सभामा १३ जिल्लाका होटल तथा पर्यटन व्यवसायीहरू र तिनका प्रतिनिधिहरूले सक्रिय रूपमा सहभागिता जनाउने जनाएको छ । वाग्मती प्रदेश सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२४ लाई समेत सफल बनाउन रामेछाप जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले रामेछापको मन्थलीमा संघको साधारण सभा गर्न लागिएको वाग्मती प्रदेश अध्यक्ष दामोदर नेपालले बताए ।


उनका अनुसार अन्तरक्रियात्मक ढंगले गरिने उक्त साधारण सभामा ‘‘राज्यका तीन वटै निकायमा प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरू,जिल्ला स्थित सरोकारवाला निकाय र वाग्मती प्रदेशका होटल तथा पर्यटन व्यवसायीहरूको सहभागीता रहने बताएको छ । साधारण सभा सँगै रामेछापको पर्यटन प्रवर्द्धनका लागि सात वटै प्रदेशका व्यवसायीहरूको बिचमा अन्तरक्रिया गर्ने र उक्त अन्तर्क्रिररया रामेछाप पर्यटन विकासका लागि मन्थली घोषणा पत्र जारी गर्ने अध्यक्ष नेपालले जानकारी दिए ।


भेलाले कोरोना भाइरस कोभिड–१९ र त्यसपछिको आर्थिक मन्दीका कारण धराशायी बन्दै गएको होटल व्यवसायीलाई केही मात्रमा भएपनि उठाउने विश्वास पनि आयोजक पक्षले लिएको छ । साधारण सभा सँगैको अन्तरक्रियाले प्रदेशको पर्यटन विकासमा एउटा इँटा थप्ने विश्वास आफूहरूले लिएको रामेछाप होटल पर्यटन व्यवसायी संघका जिल्ला अध्यक्ष कवीन्द्र तामाङले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...