हेर्ने कथाको प्रभाब रामेछापमा पनी

रामेछाप । हेर्ने कथाको प्रभाव रामेछापमा पनी परेको छ । रामेछापमा पनी १५ वर्ष पछी परिवार संग पदम बहादुर तामाङको भेट भएको छ । पदम बहादुर तामाङ र उनको श्रीमती चन्द्रमाला घर्तीमगरको १५ वर्ष पछि पुनर्मिलन भएको हो ।
१५ वर्ष अघि देखि परिवारसँगको भेट नभएका ५८ वर्षिय पदमबहादुरको प्रहरीले भेट गराएका छन् । मुस्ताङ जिल्लाको चैले भन्ने स्थानमा काम गर्दै आएको पदमबहादुर विगत १५ वर्ष देखि परिवार सँग भेटघाट नभएको उनका श्रीमती चन्द्रमालाले बताइन् । चन्द्रमालाले भनिन्– उहाँ ४ वर्ष अघि देखि त पूर्ण रूपमा सम्पर्क विहीन हुनुभयो । हामीले उहाँलाई धेरै खोज्यौँ । छोरी दिलमाया पुन, छोराहरू प्रवेश तामाङ तथा सन्देश तामाङ लगायतले उहाँलाई खोज्न कुनै कसर छाडेनौँ । बल्ल रामेछाप प्रहरीका कारणले उहाँसँग भेट भयो ।
मुस्ताङ जिल्लाको चैले भन्ने ठाउँमा कामगर्दै आएकामा पदमबहादुरले काम गर्ने स्थानमा गई बुझ्दा उनी उक्त स्थानबाट रामेछाप स्थायी ठेगाना बताएका आफन्तको साथ लागी ४ वर्ष अघि गएको भनी बुझिएको जानकारी चन्द्रमालाले दिएको रामेछाप प्रहरीले बताएको छ । पदमबहादुरको खोजतलास गरी पाउँ भनी चन्द्रमाला घर्ती मगरले गत १३ गते जिल्ला प्रहरी कार्यालयमा निवेदन दिए पछि पदमबहादुरको खोजीमा प्रहरी लागेको कार्यालयले जनाएको छ ।
चन्द्रमालाले आफ्ना श्रीमान् खोजीदिन निवेदन दिनासाथ रामेछाप प्रहरीले मातहतका प्रहरी कार्यालयहरू समेतमा पत्राचार गरी निवेदकले लिखित तथा मौखिक रूपमा बताएका सम्भावित व्यक्ति तथा स्थानमा समेत खोजतलास सुरु गरिएको प्रहरीले जनाएको छ । खोजतलासकै क्रममा जिल्लाको उमाकुण्ड गाउँपालिका वडा नं. ७ भुजी दिलखर्कमा भदौ १४ गते नै प्रहरीले पदम बहादुर तामाङको पत्ता लगाएको हो ।
पदमबहादुरको पत्ता लागेको भोलिपल्ट नै पदम बहादुरसँग उनको श्रीमती, छोरी र छोराहरू को भेट गराइएको प्रहरीले जानकारी दिएको छ । पदमबहादुरलाई स्थानीय बासी तथा जनप्रतिनिधि समेतको रोहवरमा १५ वर्ष पछि परिवारसँग पुनर्मिलन गराइएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी प्रहरी निरीक्षक कौशल न्यौपानेले बताए ।
बागलुङको ढोरपाटन नगरपालिका वडा नं. ५ घर भएका चन्द्रमाला र उनको परिवार हाल पोखरा महानगरपालिका वडा नं. ६ लेक साइड डेरा गरी बस्दै आएको बताइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...