हाकिम र सहयोगिको भरमा सरकारी कार्यालय

Written by meropradesh creator

२८ माघ २०७७, बुधबार

रामेछाप । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीमा कार्यरत कार्यालय प्रमुख र कार्यालय सहयोगीलाई दुई जिल्लाको कामको जिम्मेवारी दिएको   छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीले सिन्धुलीको अलावा रामेछाप जिल्लाका बजार केन्द्रसम्म हेर्ने गरी सिन्धुलीमा दुई वर्ष अघि कार्यालय स्थापना गरेको थियो । कार्यालय स्थापना भएदेखी नै कार्यालयमा कर्मचारीको अभाव रहदै आएको छ । अहिले कार्यालयमा एक कार्यालय प्रमुख र एक कार्यालय सहयोगीले दुई जिल्लाको काम गर्दै आएका छन् ।
कार्यालयमा १ जना कार्यालय प्रमुख, २ जना सहायक कर्मचारी र १ जना कार्यालय सहयोगी गरि ४ जनाको दरवन्दी भएता पनि अहिलेसम्म सबै कर्मचारी नभएका कारण काम गर्न धेरै समस्या भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिन्धुलीका कार्यालय प्रमुख प्रमोदचन्द्र पौडेलले जानकारी दिए ।
उनले भने– भाडाको घरमा बस्दै आएको कार्यालयमा नत दरवन्दी अनुसारका कर्मचारी छन्, न सवारीसाधन नै छ । दुई जिल्ला हेर्ने गरि कार्यालय खोलीएको छ । एकजना कार्यालय सहयोगीको भरमा मैले कसरी काम गर्नु । सिन्धुली बस्दा रामेछापमा खोजी हुन्छ । रामेछाप जान्छु सिन्धुलीमा खोजी हुन्छ, म एक्लैले कसरी काम भ्याउनु उनले दुःखेसो पोखे ।
कार्यालयमा कर्मचारी नभएको र दैनिक कामममा समस्या भएको भन्दै पटक–पटक तालुके कार्यालयमा जानकारी गराउँदा समेत कर्मचारी नपठाउँदा धेरै समस्या भएको प्रमुख पौडेलले बताए । सिन्धुली र रामेछापका स्थानिय तहहरु गाउँगाउँमा सञ्चालन भएसँगै व्यापारीक केन्द्रहरु समेत वढेका छन् । उक्त कार्यालयले कर्मचारी अभावका कारण सबै व्यापारीक केन्द्रसम्म पुगेर निर्धक्कसाथ अनुगमन गर्न सकेको छैन् । अनुगमन नहुँदा व्यवसायीहरुले सडेगलेका सामाग्रीहरु विक्रीवितरण गर्दै आएका छन् भने उपभोक्ताहरुले मार खेप्दै आएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...