ग्यास सिलिन्डर पड्कँदा दोलखाका बस्नेतको मृत्यु

Written by meropradesh creator

१३ चैत्र २०७७, शुक्रबार

रामेछाप । ग्यास सिलिन्डर पड्कँदा दोलखा भर भएका ३९ वर्षीय टीकाराम बस्नेतको मृत्यु भएको छ । गत चैत ८ गते ग्यास सिलिन्डर पड्केर आगलागी हुँदा घाइते भएका बस्नेतको उपचारका क्रममा आज मृत्यु भएको हो ।
वस्नेत संगै ग्यास सिलिन्डर पड्कँदा ६ जना घाइते भएका थिए । सृजनानगर स्थित भीमेश्वर मःमः एन्ड चिकेन हाउसमा ग्यास सिलिन्डर पड्किएर भएको आगलागीमा घाइते टिकारामको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए । उनी दोलखाको सैलुङ घर भई हाल सूर्यविनायक नगरपालिका–४ दधिकोटमा बस्दै आएका थिए । बस्नेत सोही होटेलका मालिक हुन् । ग्यास सिलिन्डर पड्कँदा घाइते भएकामध्ये गम्भीर घाइते राजेन्द्र कार्की र गीता कार्कीको कीर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा उपचार भइरहेको छ । भने अन्य घाइते आदित्य सुवेदी, विकास पौडेल, हिमुन्स थापाको अवस्था सामान्य रहेको छ । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

जिल्ला सहकारी संघ रामेछापको आयोजनामा नेतृत्व विकास तालिम शुभारम्भ

मन्थली, ५ बैशाख । जिल्ला सहकारी संघ रामेछापको आयोजनामा शनिबारदेखि सहकारी संस्थाका लागि ३ दिने नेतृत्व विकास तालिम सुरु भएको छ। बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालयको सहकार्यमा सञ्चालन गरिएको उक्त तालिम सहकारीकर्मीहरूको क्षमता अभिवृद्धि गर्ने...

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदको अर्थ समिति सभापतिमा रामेछापका डा. कृष्णहरि बुढाथोकी सिफारिस

संघीय संसदका १२ वटा संसदीय समितिको सभापति चयनका लागि प्रक्रिया अघि बढेको छ । यसै क्रममा, महत्वपूर्ण मानिने अर्थ समितिको सभापतिमा रामेछापका सांसद डा. कृष्णहरि बुढाथोकी सिफारिस हुनुभएको छ । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट प्रतिनिधित्व गर्ने बुढाथोकीलाई...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...