गुणस्तरहिन सडक बनाउने ठेकदारको पैसा रोक्छौं– अध्यक्ष तामाङ्ग

Written by meropradesh creator

२२ पुष २०७७, बुधबार

रामेछाप । खाँडादेवि गाउँपालिकाको सित्खा, भिरपानी हुँदै गोगनपानी जाने सडकको कालोपत्रे गर्ने जिम्मा लिएका निमार्ण व्यवसायीले गुणस्तरहिन सामाग्री प्रयोग गरेका कारण निमार्णकै क्रममा सडक भत्किएपछि व्यवसायीलाई दिने भुक्तानी रकम गाउँपालिकाले रोक्ने भएको छ ।
पालिका भित्र निमार्ण भएको सडक निमार्ण व्यवसायीले सम्झौता अनुसारको सामाग्री प्रयोग नगरी कमसल सामाग्री प्रयोग गरेकाले निमार्णको क्रममा नै सडक भत्किएको भन्दै खाँडादेवी गाउँपालिकाले तत्काल व्यवसायीलाई भुक्तानी नदिन बागमती प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयलाई पत्राचार गरिएको खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेमवहादुर तामाङ्गले जानकारी दिए ।
उनले भने– सडक निमार्णको क्रममा व्यवसायीले अन्यन्तै गुणस्तरहिन सामाग्री प्रयोग गरेको पायौं । जसका कारण सडक निमार्ण भएको एकहप्ता नवित्दै सडक भत्किन शुरु गरेको छ । स्थानिय नागरिकहरुले सडकमा कमसल सामाग्री प्रयोग गरेको भन्दै व्यवसायीको चर्को आलोचना गरेका थिए । पछि गाउँपालिकाले जिल्ला समन्वय समितिको रोहवरमा अनुगमन समेत गर्याौ । अनुगमनको क्रममा गुणस्तरहिन सामाग्री प्रयोग गरेको पायौं । व्यवसायीलाई पटक–पटक सचेत गराउँदा समेत नमानेकाले भत्किएको सवै संरचना निमार्ण गर्नुपर्ने र वाँकी काम गुणस्तरयुक्त नभएसम्म मन्त्रालयले दिने सबै रकम तत्काल रोकिदिन गाउँपालिकाले निर्णय गरेर मन्त्रालय पठाएको अध्यक्ष तामाङ्गले बताए ।


बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत २३ करोड ७४ लाख ३४ हजार ८ सय २७ रुपैयाँको लागतमा भिरपानीको सित्खा हुँदै खाँडादेबि गाउँपालिकालको केन्द्रसम्म जाने उक्त सडक कालोपत्रे गर्न जिम्मा लुम्बिनी आत्रेय जेभीले पाएको थियो । सडक निमार्णको क्रममा निमार्ण व्यवसायीले अन्ततै कमसल सामाग्रीहरु प्रयोग गरेपछि निमार्ण भएको एक हप्ता नबित्दै सो सडक भत्किन शुरु भएको छ ।
सडक निमार्णको क्रममा व्यवसायीले स्थानिय गाउँपालिकाका प्रतिनिधिहरुको आँखा छल्दै सबबेस र बेस राख्ने क्रममा त्यहीँ सडक खन्दा निस्किएको माटो प्रयोग गरेको र त्यहीँ माटो माथि नै अलकत्रा छर्किएर कालोपत्रे गरेका छन् । यसरी गरिएको कालोपत्रे तीनदिनमा नै उक्किन लागेको छ भने सडकको छेउमा निमार्ण गरिएको नाला समेत भत्किएको खाँडादेवी गाउँपालिका वडा नं–३ भिरपानीका अर्जुन खड्काले जानकारी दिए ।
उनले भने– हामीले सडकमा प्रयोग भएका सवै सामाग्रीहरु कमसल छन् भनेर पटक–पटक गाउँपालिका र जिल्ला समन्वय समितिमा समेत कुरा गर्यौ । तर हाम्रो कुरा सुनुवाई नै भएन । हामीले जानकारी गराएपछि पालिकाका प्रमुहरु आएर एक÷दुई पटक अनुगमन गरे जस्तो गरेर फर्किए । व्यवसायीले भने आफ्नै शुरुमा काम गर्दै गए । निमार्ण गरेजति सवै सडक अत्यन्तै कमजोर छ खड्काले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रअमा  प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

रअमा प्रथम केसीलाई गोकुलगंगाले दियो बधाई

विश्वकै पहिलो कृषि आधारित गेम रियालिटी शो ‘रिभुलुस्नरी एग्रीकल्चर वार (रअ)’ को पहिलो सिजनमा किसानतर्फ प्रथम हुन सफल लक्ष्मण केसी खत्रीलाई गोकुलगंगा गाउँपालिका परिवारले भव्य बधाई ज्ञापन गरेको छ। रामेछापको गोकुलगंगा–३ रस्नालुस्थित सप्तभूमे एग्रो एण्ड रिसर्च सेन्टरका...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...