रामेछाप । रामेछाप जिल्लाको सुनापति गाउँपालिका वडा नं १ गुन्सीको पहरी बस्तीमा खानेपानी सुबिधा पुगेको छ ।
स्थानीय सरकार, गैर सरकारी संस्था र गाउँलेहरुको श्रमदान समेत गरेर करिब ७ लाखको लागतमा उक्त गाउँमा खानेपानी सुबिधा पुगेको हो । ४ घर पहरीको मात्र बसोबास भएको उक्त गाउँका स्थानीयहरुले यस अगाडि पानीको ठुलो समस्या व्यहोर्दै आउनु परेको थियो ।
स्थानीय सरकाको २ लाख, सामुदायिक बिकास समाजको ४ लाख र स्थानीय बासिन्दाहरुको ९६ हजार समेत गरेर ७ लाख रुपैयाँको लागतमा योजना सम्पन्न भएको सुनापति गाउँपालिका वडा नं १ का वडा अध्यक्ष ध्रुब चौंलागाईंले जानकारी दिनु भयो । योजना सम्पन्न भएपछि पिछडिएको बस्ति पहरी गाउँमा खानेपानीको सुबिधा पुगेकाले गाउँलेहरुमा खुशियाली छाएको नेपाली काँग्रेस जिल्ला कार्य समिति रामोपका सहसचिव समेत रहेका वडा अध्यक्ष ध्रुब चौंलागाईंले बताउनु भयो ।