गठवन्धनका उम्मेदवार जिताउन एक भएर लाग्न लेखकको आग्रह

Written by meropradesh creator

१८ भाद्र २०७९, शनिबार

रामेछाप । नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले आगामी निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन एक भएर लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका छन् । नेपाली कांग्रेस रामेछापको प्रशिक्षण बिभागले आयोजना गरेको जनप्रतिनिधीहरुलाई बधाई तथा सम्मान कार्यक्रम पछी बोल्दै गठवन्धनका उम्मेदवार जिताउन एक भएर लाग्न आग्रह गरेका हुन् ।

 

सम्मान कार्यक्रममा बोल्दै लेखकले आगामी निर्वाचन नेपाली कांग्रेसको नेतृत्वमा ५ दलिय गठवन्धन एक भएर जाने वताएका छन् । निर्वाचनका लागि कुन दलको कुन उम्मेदवार हुने भन्ने कुरा मुख्य कुरा नभएर कसरी गठवन्धनको उम्मेदवारलाई विजय गराउने भन्ने कुरा मुख्य रुपमा मानेर सवैले संगठनमा जुटनुपर्छ ’लेखकले भने ।

नेपाली काँग्रेस रामेछापको जिल्ला प्रशिक्षण शाखाद्वारा मन्थलीमा आयोजित जनप्रतिनिधिको सम्मान तथा अभिमुखिकरण कार्यक्रममा बोल्दै लेखकले आगामी निर्वाचनमा गठवन्धनका उम्मेदवारलाई विजयी गराउनका लागि जनप्रतिनिधिको भूमिका उल्लेखनिय रहेको वताए । उनले नागरिकको प्रत्यक्ष पिरमर्का वुज्ने काम तल्लो तहमा रहेर काम गर्ने जनप्रतिनिधिको भएकाले जहिले पनि नागरिकको समस्यालाई उच्च प्राथमिकता दिएर काम गर्नुपर्ने लेखकको तर्क थियो – तिनै कामले जनतालाई पार्टी संग नजिक पार्ने काम गर्छ । उनले काँग्रेस नेतृत्वको सरकारले गरेका उल्लेखनिय कार्यहरुको चर्चा गाउँगाउँमा गर्नुपर्ने वताए ।

जिल्ला प्रशिक्षण शाखाका संयोजक तथा जिल्ला उप सभापति लेखवहादुर कार्कीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा काँग्रेस जिल्ला सभापति पूर्णवहादुर तामाङ (कान्छाराम) र पूर्व जिल्ला सभापति लबश्री न्यौपानेले विगतमा तितामिठा कुरा भएपनि निर्वाचनमा एक भएर जाने वचनवद्धता जाहेर गरे । हाम्रा साना तिना कुरा सवै विर्सेर निर्वाचनमा विकास र परिवर्तनको संवाहक काँग्रेसलाई विजय गराउनका लागि सवै कार्यकर्ताहरुले लाग्नुपर्नेमा उनीहरुले जोड दिए । दुई बेग्ला बेग्लै समूहको नेतृत्व गरेर हिडेका कान्छाराम र न्यौपाने विच केहि दिन अघी मात्र केन्द्रीय प्रतिनिधिको रोहबरमा भएको बैठकमा सहमति कायम भएको थियो । उक्त सहमति पछि आयोजित उक्त प्रशिक्षणमा जिल्लाका प्राय सवै नेता तथा कार्यकर्ताहरुको उल्लेखनिय सहभागिता रहेको थियो ।

कार्यक्रममा नेपाली काँग्रेसका तर्फबाट स्थानीय तहमा निर्वाचित जिल्ला समन्वय समिति प्रमुख चिना खड्का कार्की, रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपाने, उप प्रमुख बालकुमारी कार्की, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत, गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजिवहादुर खड्का ( दिनेश ) र उपाध्यक्ष उषा कार्की, उमाकुण्ड गाउँपालिकाकी उपाध्यक्ष सावित्रि सुनुवार र दोरम्बा शैलुङ गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगर लाई सम्मान गरीएको थियो । कार्यक्रममा काँग्रेसका तर्फबाट विजयी जिल्लाका २४ वडा अध्यक्ष र वडा सदस्यहरुलाई समेत सम्मान गरीएको थियो ।

सम्मान तथा अभिमुखीकरण कार्यक्रममा सम्मानित जनप्रतिनिधिहरुले आ आफ्ना धारणा राखेका थिए । त्यसैगरी पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, नेताहरु कृष्णवहादुर महत, ध्रुवहरी ढुंगेल , कल्पना खड्का लगाएतले आ आफ्नो धारणा राखेका थिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...