रामेछाप । नेकपा एमाले बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश प्रसाद ढुङ्गेलले गठबन्धनको सरकारमा कुनै समस्या नरहेको बताउनु भएको छ । गृह जिल्ला रामेछापमा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सम्बोधन गर्दै नेता ढुङ्गेलले अहिलेको नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनको सरकारमा कुनै समस्या नरहेको बताउनु भएको हो ।
अहिलेको सरकार र यो व्यवस्थालाई नै बिगार्न सकिन्छ कि भन्ने खालका खेलहरू धेरै भइरहेको छ तर कसैले अहिलेको व्यवस्था र सरकारलाई चलाउन नसक्ने उहाँले बताउन ुभयो । यी सबै कुराहरूलाई बुझेर नै अहिलेको सरकारले आफ्ना गतिविधिहरूलाई अगाडी बढाइरहेको उहाँले बताउनु भयो ।
यो मुलुकमा राणाकलादेखि आजसम्मको अवस्थालाई हेर्दा त्याग तपस्याको हिसाबले र राजनीतिक अधिकारको लडाइको हिसाबले काँग्रेस र एमालेको अभियानलाई सानातिना समस्याले असर नगरेको उहाँले बताउनु भयो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...