रामेछाप । सिन्धुलीको गोलोन्जोर गाउँपालिकाले आयोजना गरेको ५ औँ राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिला मा.वि ग्वालटारले उचालेको छ । शुक्रवार देखि सुरु भएको अन्तर माद्यामिक विद्यालय स्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि कौशिका मावि ग्वालटारले जितेको हो ।
आइतबार सम्पन्न खेलमा १५ स्वर्ण, ८ रजत र ६ कास्यसहित कौशिका मावि ग्वाल्टारले उपाधि जितेको गोलन्जोर गाउँपालिका खेलकुद विकास समितिले जनाएको छ । पालिकासँगको सहकार्यमा गोलोन्जोर गाउँपालिका खेलकुद विकास समितिलेको आयोजनामा सञ्चालन भएको तीन दिने रनिङ शिल्डमा पालिकाका १० माद्यामिक विद्यालयहरूको सहभागिता रहेको थियो ।
प्रतियोगिता ७ स्वर्ण, ६ रजत र ७ कास्य पदक सहित जन ज्योति माविमा खुर्कोट दोस्रो बनेको छ । ४ स्वर्ण, १ रजत र ३ कास्यसहित शारदा मावि बेखटाडी तेस्रो भएको छ । विजेता, उपविजेता खेलाडीहरूलाई पालिकाका अध्यक्ष शङ्कर राज बराल र उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने (पुकार) र प्रमुख प्रशासकीय अधिकृत ठाकुर प्रसाद दाहालले संयुक्त रूपमा शिल्ड, ट्रफि, मेडल र प्रमाण पत्र सहित पुरस्कार प्रदान गरेका छन् । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भलिबल, कबड्डी, सर्ट फुट, दौड, ज्याबलिङ थ्रो लगायतका खेलहरू खेलाइएको थियो ।