गोलन्जोरको घोक्सिला खोलामा पक्की पुलको शिलान्यास – घोक्सिला, नयाँखर्क र नाकाजोलीका नागरिक पालिका सँग जोडियो

युबराज श्रेष्ठ

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ घोक्सिला खोलामा (मोटरेबल)पक्की पुलको शिलान्यास भएको छ । सोमबार गाउँपालिका अध्यक्ष शंकर राज बरालले ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैंयाको लागतमा निर्माण हुने पुलको शिलान्यास गर्नु भएको हो ।

गाउँपालिका अध्यक्ष बरालले पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका भित्रका घोक्सिला, छेत्पा सहित वैकल्पिक मार्ग हुँदै नयाँखर्क, नाकाजोली र हैबार जोड्ने यो पुलले पालिकाका भित्रका नागरिकलाई ठुलो राहत मिलेको बताउनु भयो । वर्षा याममा आवत जावत गर्न त्यस क्षेत्रको नागरिकलाई धेरै समस्या थियो र झेल्दै आइरहनु भएको थियो अब यो पुल बने सँगै बाह्रै महिना सहज रूपमा आवत जावत गर्न सकिने बताउनु भयो ।

गाउँपालिका अध्यक्ष बरालले आफू गाउँपालिका अध्यक्ष बनेको दिन देखी बागमती प्रदेश सरकारसँग पुल निर्माणका लागी अहोरात्र लागी परेको कारण आज सम्भव भएको बताउनु भयो ।’अध्यक्ष बरालले भने“ यो स्थानमा पुल नहुँदा घोक्सिला, छेत्पा सहित विभिन्न स्थान जान आउन ठुलो समस्या थियो । जब म निर्वाचित भए त्यस दिन देखी यो स्थानमा पुल बनाउन पर्छ भनेर लागी परे आज आएर त्यसको परिणाम स्वरूप पुल बन्ने भएको बताउँदै खुसी समेत व्यक्त गर्नु भयो ।

साथै गाउँपालिका अध्यक्ष बरालले पुलको अपरिहार्यता र आवश्यकतालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो गुणस्तरीय पुल निर्माण गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण समेत गराउनु भएको छ । ‘यो क्षेत्रको जनताको लागि पुलको आवश्यकतालाई ख्याल गरेर छिटो पुल निर्माण गर्नुहोला । निर्माण कम्पनीतर्फ लक्षित गर्दै उहाँले भन्नु भयो ‘पुल बनाउने मात्र होइन गुणस्तरीय पनि बनाउनुपर्छ, त्यसमा पनि ख्याल गर्नुहोला ।’

बागमती प्रदेश  भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुली र श्रृजना निर्माण सेवा, सिन्धुली २०८१ जेठ १४ गते नौ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसा सम्झौता भएको थियो । ७० मिटरको  मोटरेवल पुल निर्माण कार्य आगामी १८ महिनाभित्र सम्पन्न हुनेछ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द कान्त चौधरी, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश बराल, श्रृजना निर्माण सेवा प्रतिनिधि उद्धव दाहाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

कोशी, लुम्बिनी र बागमतीमा नेतृत्व फेरबदलको गृहकार्य, एमालेभित्र असन्तुष्टि बढ्यो

काठमाडौं, — नेकपा (एमाले) अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले कोशी, लुम्बिनी र बागमती प्रदेशमा मुख्यमन्त्री परिवर्तनको गृहकार्य अघि बढाएको चर्चा चलिरहँदा पार्टीभित्र असन्तुष्टि बढ्दै गएको छ। नेकपासँग प्रदेश सरकार गठनका लागि तीनबुँदे सहमति गरेपछि प्रदेश...

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

लुम्बिनी प्रदेशमा मन्त्रालय घटाइयो, युवा–खेलकुददेखि ऊर्जासम्मका मन्त्रालय गाभिए

बुटवल, १३ साउन — लुम्बिनी प्रदेश सरकारले सरकारी संरचनालाई मितव्ययी, प्रभावकारी र व्यवस्थित बनाउने उद्देश्यसहित मन्त्रालयको पुनर्संरचना गर्दै मन्त्रालयको संख्या घटाएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश सरकार (कार्य विभाजन)...

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

आज बस्दै प्रतिनिधिसभा, शोक प्रस्तावदेखि विधेयकसम्मका विषय कार्यसूचीमा

काठमाडौं, १४ साउन — सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा शोक प्रस्तावदेखि अर्थसम्बन्धी महत्त्वपूर्ण विधेयकसम्मका विषय कार्यसूचीमा समावेश गरिएका छन्। सङ्घीय संसद् सचिवालयका अनुसार आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले...