गोलन्जोरको घोक्सिला खोलामा पक्की पुलको शिलान्यास – घोक्सिला, नयाँखर्क र नाकाजोलीका नागरिक पालिका सँग जोडियो

युबराज श्रेष्ठ

सिन्धुली । सिन्धुलीको गोलन्जोर गाउँपालिका वडा नम्बर ६ घोक्सिला खोलामा (मोटरेबल)पक्की पुलको शिलान्यास भएको छ । सोमबार गाउँपालिका अध्यक्ष शंकर राज बरालले ९ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैंयाको लागतमा निर्माण हुने पुलको शिलान्यास गर्नु भएको हो ।

गाउँपालिका अध्यक्ष बरालले पुलको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिका भित्रका घोक्सिला, छेत्पा सहित वैकल्पिक मार्ग हुँदै नयाँखर्क, नाकाजोली र हैबार जोड्ने यो पुलले पालिकाका भित्रका नागरिकलाई ठुलो राहत मिलेको बताउनु भयो । वर्षा याममा आवत जावत गर्न त्यस क्षेत्रको नागरिकलाई धेरै समस्या थियो र झेल्दै आइरहनु भएको थियो अब यो पुल बने सँगै बाह्रै महिना सहज रूपमा आवत जावत गर्न सकिने बताउनु भयो ।

गाउँपालिका अध्यक्ष बरालले आफू गाउँपालिका अध्यक्ष बनेको दिन देखी बागमती प्रदेश सरकारसँग पुल निर्माणका लागी अहोरात्र लागी परेको कारण आज सम्भव भएको बताउनु भयो ।’अध्यक्ष बरालले भने“ यो स्थानमा पुल नहुँदा घोक्सिला, छेत्पा सहित विभिन्न स्थान जान आउन ठुलो समस्या थियो । जब म निर्वाचित भए त्यस दिन देखी यो स्थानमा पुल बनाउन पर्छ भनेर लागी परे आज आएर त्यसको परिणाम स्वरूप पुल बन्ने भएको बताउँदै खुसी समेत व्यक्त गर्नु भयो ।

साथै गाउँपालिका अध्यक्ष बरालले पुलको अपरिहार्यता र आवश्यकतालाई मध्यनजर गर्दै छिटो भन्दा छिटो गुणस्तरीय पुल निर्माण गर्न निर्माण कम्पनीलाई ध्यानाकर्षण समेत गराउनु भएको छ । ‘यो क्षेत्रको जनताको लागि पुलको आवश्यकतालाई ख्याल गरेर छिटो पुल निर्माण गर्नुहोला । निर्माण कम्पनीतर्फ लक्षित गर्दै उहाँले भन्नु भयो ‘पुल बनाउने मात्र होइन गुणस्तरीय पनि बनाउनुपर्छ, त्यसमा पनि ख्याल गर्नुहोला ।’

बागमती प्रदेश  भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय सिन्धुली र श्रृजना निर्माण सेवा, सिन्धुली २०८१ जेठ १४ गते नौ करोड ४५ लाख ३७ हजार १ सय २४ रुपैयाँ ८० पैसा सम्झौता भएको थियो । ७० मिटरको  मोटरेवल पुल निर्माण कार्य आगामी १८ महिनाभित्र सम्पन्न हुनेछ ।

शिलान्यास कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष ज्वाला प्रसाद न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत चन्द कान्त चौधरी, एमाले जिल्ला कमिटी सदस्य ओम प्रकाश बराल, श्रृजना निर्माण सेवा प्रतिनिधि उद्धव दाहाल लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...