गोलन्जोरका दुई विद्यालयमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण

७ पुष २०८१, आईतवार

युबराज श्रेष्ठ

काठमाडौं । सिन्धुलीको गोलन्जोर गाउँपालिकाका दुई विद्यालयका बिद्यार्थीहरुलाई ब्याक टु लाइफ ई भी जर्मनीको आर्थिक सहयोग र सिएसडिएस सिन्धुलीको साझेदारीमा न्यानो कपडा र शैक्षिक सामाग्री वितरण गरिएको छ । गाउँपालिका–४ मा रहेको श्री प्राथमिक विद्यालय ट्वाङ्ट्वाङेमा र गाउँपालिका– ३ मा रहेको कुशेश्वर प्राथमिक विद्यालयमा अध्ययनरत बालबालिकाहरूलाई न्यानो कपडा ज्याकेट र टोपी तथा शैक्षिक सामाग्री (कापी, कलम आदि) वितरण गरिएको छ । उनीहरूलाई पालिका अध्यक्ष र सम्बन्धित वडा अध्यक्षको उपस्थितिमा सामान वितरण गरिएको हो ।

चिसो समयमा बिद्यार्थीहरुलाई विद्यालय जान समस्या हुने र विद्यालय जान अधिकांश विद्यार्थी नमान्ने जस्ता समस्या रहेको बताउँदै सानो सहयोगले विद्यार्थीलाई हौसला मिल्ने टु लाईफका डिकेन्द्र ढकालले जानकारी दिनु भयो ।

गाउँपालिकाका अध्यक्ष शंकरराज बरालले गोलन्जोर गाउँपालिकालाई कार्यक्षेत्र बनाई सञ्चालन गरिरहेको खानेपानी योजना पालिका स्तरीय अस्पताल, स्वास्थ्य चौकी र विद्यालय भवन निर्माण गर्न लागिएकोमा गोलन्जोर बासी समुदाय आफ्नो व्यक्तिगत तर्फबाट दातृ निकाय ब्याक टु लाइफ तथा साझेदारी संस्था सि एस डी एसलाई धन्यवाद दिए । त्यस्तै वडा नम्बर ३ का अध्यक्ष कृष्ण प्रसाद पोख्रेलले गाउँपालिकाको स्वास्थ्य शिक्षा र खानेपानीमा लागि धेरै नै ठुलो सहयोग हुने र पालिकावासीले आ—आफ्नो क्षेत्रबाट निर्माण गरिएका संरचनाहरूको उचित संरक्षण र आवश्यक व्यवस्थापन तथा विद्यालयहरूमा बालबालिकालाई नियमित विद्यालय उपस्थिति गराउन सम्पूर्ण सरोकारवाला र अभिभावकहरू एकजुट भएर लाग्नुपर्ने बताए ।

प्राथमिक विद्यालय ट्वाङ्ट्वाङे र मुर्किबेसीमा रहेको कुशेश्वर प्राथमिक विद्यालयमा ब्याक टु लाइफ ई भी जर्मनीकै आर्थिक सहयोगमा ४ कोठे पक्की शैक्षिक भवन निर्माण भइरहेको छ । आगामी शैक्षिक सत्रदेखि नयाँ भवनबाट पठन पाठन सञ्चालन हुने लक्ष्य राखिएको स्थानीय साझेदार संस्था सिएसडिएसले जानकारी गराएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

कांग्रेस नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण माग

नेपाली कांग्रेसले अनुशासन उल्लंघन गरेको आरोपमा नेता पूर्णबहादुर खड्कासँग सात दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । बुधबार बसेको केन्द्रीय अनुशासन समितिको बैठकले पूर्व उपसभापति समेत रहेका खड्कालाई विधान विपरीत कार्य गरेको भन्दै जवाफ मागेको हो । यसअघि चैत १४ मा...

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

मन्थली नगर कप भलिबल वैशाख ४ देखि

प्रतिनिधिसभा निर्वाचनका कारण स्थगित भएको मन्थली नगर कप पुरुष तथा महिला भलिबल प्रतियोगिता वैशाख ४ गते देखि सञ्चालन हुने भएको छ । मन्थली नगर खेलकुद विकास समितिका अनुसार मन्थली माविको खेल मैदानमा हुने यस प्रतियोगिताको तयारीलाई तीव्र पारिएको छ । विगतमा तीन दिनसम्म चल्ने...

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

रामेछाप जिल्ला प्रशासनद्वारा तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक

जिल्ला प्रशासन कार्यालय रामेछापले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक प्रगति विवरण सार्वजनिक गरेको छ । कार्यालयले माघदेखि चैत्र मसान्तसम्म सम्पादन गरेका प्रमुख कार्यहरूको विवरण आफ्नो आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरेको हो । प्रशासकीय अधिकृत चुडामणि अर्यालका अनुसार...