गोकुलगङ्गामा एक दिने निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर हुने

२७ फाल्गुन २०८२, बुधबार

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आगामी शनिबार एक दिवसीय ‘निःशुल्क आयुर्वेद स्वास्थ्य शिविर’ सञ्चालन हुने भएको छ । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय रामेछापको आयोजना तथा गोकुलगङ्गा गाउँपालिका अन्तर्गतको नागरिक आरोग्य सेवा केन्द्र, रस्नालुको संयोजन र सहयोगमा उक्त शिविर सञ्चालन हुन लागेको हो ।

गाउँपालिकाले सार्वजनिक गरेको सूचना अनुसार शिविर आगामी फागुन ३० गते शनिबारका दिन गोकुलगङ्गा वडा नम्बर २, ठोसेस्थित श्री शारदा माध्यमिक विद्यालयको प्राङ्गणमा आयोजना गरिनेछ । बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुने यस शिविरमा सहभागी भई स्वास्थ्य लाभ लिन गाउँपालिकाले सम्पूर्ण स्थानीय जनसमुदायमा आग्रह गरेको छ ।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र सिंह भण्डारीका अनुसार गाउँपालिकाका सबै नागरिकलाई आयुर्वेद तथा वैकल्पिक चिकित्सा पद्धतिबाट स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यो शिविरको आयोजना गरिएको हो । गाउँपालिकाले सूचनामार्फत आफ्ना सबै वडा कार्यालयहरूलाई समेत शिविरका बारेमा स्थानीय स्तरमा जानकारी गराउन र समन्वय गर्न पत्राचार गरिसकेको छ । ग्रामीण भेगका नागरिकलाई प्रत्यक्ष स्वास्थ्य सेवा पुर्‍याउने लक्ष्य राखिएको यस शिविरमा ठूलो सङ्ख्यामा स्थानीयको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...