रामेछाप । गोकुलगगा गाउँपालिकामा नेपाली कांग्रेसका उम्मेदवार काजि बहादुर खड्का (दिनेश) र नेकपा एमालेका उम्मेदवार खड्कबहादुर सुनुवार बिच प्रतिस्पर्धा भएको छ । कांग्रेस उम्मेदवार खड्का र एमाले उम्मेदवार सुनुवार दुबै जना आफुले निर्वाचन जित्ने दावी गरेका छन् ।
कांग्रेस उम्मेदवार खड्काले एमालेका उम्मेदवार सुनुवारले ५ बर्षको कार्यकालमा भ्रष्टचार र अनियमितता बाहेक अरु केहि नगरेको बताउदै आएका छन् । सुनुवारले अध्यक्ष भएर आफु र आफु निकट कार्यकर्ताको कुरा सुन्ने र संरक्षण गर्ने काम मात्र गरेको बताएका छन् । त्यस्तै गरी गाउँपालिकामा अनुदान बितरण गर्दा पनी कमिसन लिएर मात्र सुनुवारले अनुदान दिएको आरोप समेत लगाएका छन् ।
खड्काले आफू निर्वाचित भएपछि गोकुलगंगालाई समृद्ध बनाउने योजना अघि सारेको बताउदै गाउँपालिकाको विकास गर्न सबैको साथ र सहयोग लिएर अघि बढने बताएका छन् ।
उनले गाउँपालिकाको विकास र समृद्धिको लागि आफ्नो पार्टीलाई मत दिन पनि आग्रह गरेका छन् ।
त्यस्तै गरी नेकपा एमालेका उम्मेदवार सुनुवारले आफुले ५ बर्ष अध्यक्ष हुदा नागरिको पक्षमा काम गरेकोले आफ्नु जित पक्का भएको दावी गर्दै आएका छन् ।
५ वर्षको अवधीमा धेरै काम सुरु भएकोले सम्पन्न गर्न बाँकी रहेकोले यो पटक नागरिकले आफुलाई साथ दिने बताएका छन् । नेपाली कांग्रेसका उम्मेदवार संग आफ्नै कुनै पनी प्रतिस्पर्धा नभएको सुनुवारले बताए ।