रामेछाप । नेकपा एमालेले गोकुलगंगा गाउँपालिकामा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेजको फैसला गरे पछी नेकपा एमाले पालिकाका पालिकामा कार्यालय स्थापनाको कार्यलाई तिब्रता दिएको छ । सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खारेज भएको जानकारी दिए संगै नेकपा एमाले ब्युँतिएको बताएपछी एमाले रामेछापले जिल्लाका पालिका तथा वडा तहसम्म पार्टी कार्यालय स्थापना गर्ने अभियानलाई जोड दिएको छ ।
सर्वोच्च अदालतले गत फागुन २३ गते सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई अलग–अगल पार्टी भएको फैसला गरेको थियो । सर्वाेच्वको फैसला संगै एउटै पार्टी नेकपाबाट दुईवटा पार्टी भएका दुवै पार्टीले अहिले जिल्लाको वडा तहसम्म पार्टीको कार्यालय राख्ने कामलाई प्राथमिकता दिएको छ । गोकुलगंगा गाउँपालिका अध्यक्ष खड्गबहादुर सुनुवारको अध्यक्षता र एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा गोकुलगंगा गाउँपालिकाको केन्द्र भिमसेनथान रस्नालुमा जिल्ला तथा गाउँपालिका स्तरका विभिन्न नेताहरुको उपस्थितिमा एमाले रामेछापका अध्यक्ष आनन्द श्रेष्ठले पार्टी कार्यालयको उद्घाटन गरेका हुन । पार्टी कार्यालय उद्घाटन गर्दै एमाले रामेछापका अध्यक्ष श्रेष्ठ, सचिव पुरुषोत्तम कडरिया, नेता प्रकाश कुमार कार्की , गाउँपालिका अध्यक्ष खड्ग बहादुर सुनुवार लगायतले अब आफुहरु नेकपा एमालेलाई जनताको पार्टी बनाउने बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...