गोकुलगंगाले सार्वजनिक गर्‍यो नीति, कार्यक्रम र बजेट: शिक्षा, स्वास्थ्य र कृषि मुख्य प्राथमिकतामा

रामेछाप, असार १० । रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औँ गाउँसभा अधिवेशनमार्फत अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले आगामी वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो।

यस वर्ष गाउँपालिकाले शिक्षा, स्वास्थ्य, कृषि र उद्योग क्षेत्रलाई प्राथमिकतामा राख्दै नीति तय गरेको छ। भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नीति अपनाउँदै अनियमितता, करछली, कालोबजारी र व्यवसायिक एकाधिकारजस्ता सुशासन विरोधी गतिविधिलाई नियन्त्रण गर्ने स्पष्ट नीति लिइएको छ। यस्ता गतिविधिमा संलग्नलाई कानूनी दण्ड–सजाय गरिने उल्लेख गरिएको छ।

गाई, भैंसी पालनलाई प्रोत्साहन गर्दै दुधजन्य उत्पादनको खपत र बजार विस्तारका लागि “दही मोहीलाई प्राथमिकता दिऔँ” अभियान सञ्चालन गरिने भएको छ। रसायनयुक्त चिसा पेय पदार्थको आयातलाई क्रमशः निरुत्साहित गर्ने नीति लिइएको छ।

युवाहरूमाझ रोजगारी सिर्जना गर्न सिप विकास तालिम सञ्चालन गरिनेछ भने विद्यालय तहमा अंग्रेजी माध्यमको पठनपाठनलाई प्रोत्साहन दिइनेछ। प्रत्येक वडामा खेलमैदान निर्माण, अभिभावक शिक्षाको कार्यक्रम तथा घरदैलोमै स्वास्थ्य सेवा दिने गरी जेष्ठ नागरिकसँग स्वास्थ्यकर्मी कार्यक्रम पनि सञ्चालन गरिने उल्लेख छ। सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा निरन्तर दिने नीति पनि यथावत् राखिएको छ।

बाँझो जमिनमा फलफूल खेती, पाखोमा तितोति खेती, आलु र किवी खेतीको व्यवसायिकरण लगायत असल कृषि अभ्यासलाई आत्मसात् गर्दै स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने कार्यक्रम अघि सारिएको छ। स्थानीय उत्पादन संकलन केन्द्रमार्फत बजार पहुँच व्यवस्था गरिनेछ।

प्रत्येक वडामा एउटा नमुना सहकारी स्थापना गर्दै सहकारीहरूलाई उत्पादन र सेवामुखी बनाउन प्रोत्साहन गरिने जनाइएको छ। साथै, पाँच सय रोपनीभन्दा बढी क्षेत्रफलमा खेती गर्ने र १५ जनाभन्दा बढी स्थानीयलाई रोजगारी दिने उद्योगी तथा लगानीकर्तालाई कर लगायत सेवा सुविधा दिइने नीति अवलम्बन गरिएको छ।

एकीकृत बस्ती विकासका लागि गुरु योजना बनाई सुविधा सम्पन्न बस्ती निर्माण गरिनेछ। आगामी आर्थिक वर्षभित्र शतप्रतिशत घरधुरीमा स्वच्छ खानेपानी पुर्‍याउने लक्ष्यसहित स्वच्छ धारा निर्माण सम्पन्न गरिने उल्लेख छ।

सूचनाको हक, पारदर्शिता र जवाफदेहिताको प्रत्याभूति गर्न स्थानीय आमसञ्चार नीति तथा कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याइने योजना पनि समेटिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...