गोकुलगंगाले ल्यायो ५६ करोड बढीको बजेट, आन्तरिक आम्दानी ८ प्रतिशतभन्दा कम

१० असार २०८२, मंगलवार

रामेछाप, असार १०। रामेछापको गोकुलगंगा गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५६ करोड ८ लाख १४ हजार १७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ। मंगलबार गाउँपालिकाको सभाहलमा सम्पन्न १७औं गाउँसभा अधिवेशनमा गाउँपालिका उपाध्यक्ष उषा देवी कार्कीले नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो।

बजेट अनुसार आन्तरिक स्रोतबाट जम्मा ४ करोड ५१ लाख ५८ हजार ५ सय ४५ रुपैयाँ मात्र संकलन हुने अनुमान गरिएको छ, जुन कुल बजेटको करिब आठ प्रतिशत मात्रै हो। संघीय सरकारको वित्तीय हस्तान्तरण र राजस्व बाँडफाँटबाट ४२ करोड २९ लाख १५ हजार ८ सय ७३ रुपैयाँ प्राप्त हुने अनुमान छ भने प्रदेश सरकारबाट १० करोड ७ लाख १३ हजार रुपैयाँ प्राप्त हुने अपेक्षा गरिएको छ।

संघीय र प्रदेश सरकारबाट अन्तरसरकारी अधिकार अन्तर्गत प्राप्त हुने करिब १२ करोड रुपैयाँ बजेट सिधै खर्च र लेखांकनमा प्रयोग गरिने जनाइएको छ। उक्त रकम संचित कोषमा नराखी प्रत्यक्ष कार्यान्वयन गरिने व्यवस्था गरिनेछ।

गाउँपालिकाले बजेटमा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, सहकारी, तथा रोजगारी सिर्जनामा विशेष प्राथमिकता दिएको छ। पारदर्शिता, जवाफदेहिता र स्थानीय स्रोत परिचालनमा सुधार ल्याउने प्रतिबद्धता बजेटमार्फत व्यक्त गरिएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...