गोकुलगंगा गाउँपालिकाको शैक्षिक सुधारमा प्रयास ः थप एलकेजी कक्षा सञ्चालन 

२२ फाल्गुन २०८०, मंगलवार

रामेछाप । गोकुलगंगा गाउँपालिकाले शैक्षिक सुधारका लागी एलकेजी कक्षा थप गरेको छ । सरकारको शिक्षा नीति अनुसार बाल कक्षा पछि कक्षा एक मा अध्ययन गर्ने व्यवस्था भए पनि गाउँपालिकाले शैक्षिक सुधारका लागी एलकेजी कक्षा थप गरेको हो । शैक्षिक वर्ष २०७९ साल देखी गाउँपालिका भित्रका ३३ वटै सामुदायिक विद्यालयहरूमा निजी विद्यालयमा लागु गरेको एलकेजिको पुस्तक लागु गरी कक्षा थप गरेको हो । एलकेजी कक्षा सञ्चालनका लागी गाउँपालिकाले थप शिक्षक र पुस्तकको व्यवस्थापन गरिदिएका छन् । गाउँपालिकाले उक्त पुस्तक खरिद गरी निःशुल्क विद्यार्थीहरूलाई व्यवस्थापन गर्दै आएको छ । गाउँपालिका भित्र अब कक्षा एकमा अध्ययन गर्न बाल कक्षा र एलकेजी कक्षा पास गरे पछि मात्र पाउने छ । 

 गाउँपालिका अध्यक्ष काजी बहादुर खड्का (दिनेश) ले भने– हाम्रो सामुदायिक विद्यालयका बिद्यार्थीहरु निजी विद्यालयको विद्यार्थी सँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने लक्ष्य सहित थप एलकेजी कक्षा २०७९ साल बाट लागु गरेका छौँ । जसमा निजी विद्यालयमा पढाइ हुने एलकेजीको पुस्तक लागु गरेका छौँ । जसले गर्दा एक कक्षामा पुग्दा विद्यार्थीले नेपाली र अङ्ग्रेजी अक्षर पढ्न सक्ने भएका छन् । बाल कक्षा बाट सिधै एक कक्षामा लैजाँदा शिक्षकहरूलाई पाठ्यक्रम अनुसार कक्षा सञ्चालन गर्न असहज हुने हुन्थ्यो अब सहज भएको छ । यो कक्षा लागु गरे पछि विद्यार्थी पढाउनका लागी अभिभावकले गाउँ छाड्नेको सङ्ख्यामा कमी आएको छ । यो हाम्रो प्रयासले अहिले सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या समेत थप भएको छ । यसको परिणाम आउन १० वर्ष लाग्छ । तत्काल न आउन सक्छ । केही समय पछि आउँछ तर राम्रै आउँछ । भन्ने हामीले विश्वास गरेका छौँ अध्यक्ष खड्काले भने । 

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...