गोकुलगंगा गाउँपालिका जिल्लामै पहिलो : लिजा स्वमूल्याङ्कनमा उल्लेखनीय सुधार

रामेछाप । रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका यस वर्षको स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिजा) मा जिल्लामै पहिलो स्थानमा उक्लिन सफल भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को नतिजा अनुसार गोकुलगंगाले ८२ अंक प्राप्त गर्दै अग्रस्थानमा पुगेको हो। अघिल्लो वर्ष अर्थात् २०७९/८० मा यो गाउँपालिकाले ४६ अंक मात्रै पाएको थियो, तर निरन्तर सुधार र योजनाबद्ध प्रयासका कारण यसपटक दुइ गुना भन्दा बढी अंक जोड्दै सबै स्थानीय तहलाई पछि पार्न सफल भएको हो।

गोकुलगंगाको यो प्रगति जिल्लाका अन्य पालिकाहरूसँग तुलना गर्दा अझ स्पष्ट देखिन्छ। मन्थली नगरपालिकाले ८१.२५ अंक प्राप्त गर्दै दोस्रो स्थानमा पुगेको छ। अघिल्लो वर्ष ७४.५० अंकमै सीमित रहेको मन्थलीले यसपटक पनि अंकमा सुधार गरेको छ। सोही वर्ष ७४.२५ अंक पाएको सुनापति गाउँपालिकाले पनि यो वर्ष ७९.५० अंक प्राप्त गर्दै तेस्रो स्थानमा आफूलाई स्थापित गरेको छ।

जिल्लाको पुरानो नगर रामेछाप नगरपालिका भने यसपटक पछाडि परेको छ। अघिल्लो वर्ष ७१.५० अंक ल्याएको यो नगरपालिकाले २०८०/८१ मा ६६.५० अंक मात्र प्राप्त गर्न सक्यो, जसका कारण चौथो स्थानमा सीमित रह्यो। उमाकुण्ड गाउँपालिकाको अवस्थासमेत यस्तै देखिएको छ। २०७९/८० मा ७० अंक ल्याएको यस गाउँपालिकाले यो वर्ष ६३ अंक मात्र जोड्न सक्यो र पाँचौँ स्थानमा झर्‍यो।

त्यसपछिका तहमा खाँडादेवी गाउँपालिका छ, जसले ६२.७५ अंक प्राप्त गर्दै अघिल्लो वर्षको तुलनामा आफ्नो स्थिति सुधार गर्न सफल भएको छ। लिखुतामाकोशी गाउँपालिकाले पनि अघिल्लो वर्षका ४७.७५ अंकलाई बढाउँदै यसपटक ५६ अंक जोडी सातौँ स्थान सुरक्षित गरेको छ। तर, अघिल्लो वर्ष ६१.२५ अंक ल्याएको दोरम्बा शैलुङ गाउँपालिकाको नाम भने मन्त्रालयले यसपटकको सूचिमा समावेश नै गरेन।

जिल्लामै पहिलो भएको गोकुलगंगा गाउँपालिकाका अध्यक्ष काजी बहादुर खड्का ‘दिनेश’ ले यो नतिजा आफूहरूका प्रयासहरूको प्रतिफल भएको प्रतिक्रिया दिएका छन्। उनले निरन्तर रूपमा गर्ने कामको सही मूल्याङ्कन भएकाले यसले आफू र आफ्नो टोलीलाई थप ऊर्जा प्रदान गरेको बताए। सुशासन, पारदर्शिता र जवाफदेहितालाई प्राथमिकतामा राख्दै नागरिकका अपेक्षालाई पूरा गर्ने काममै जोड दिँदै आएको गाउँपालिकाले यसपटक त्यसकै परिणाम स्वरूप यस्तो उपलब्धि हासिल गरेको उनको भनाइ छ।

स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङ्कनमा शासकीय प्रबन्ध, संगठन र प्रशासन, वार्षिक बजेट तथा योजना व्यवस्थापन, वित्तीय र आर्थिक व्यवस्था, सेवा प्रवाह, न्यायिक कार्य सम्पादन, भौतिक पूर्वाधार, सामाजिक समावेशीकरण, वातावरण संरक्षण र विपद् व्यवस्थापन, सहकार्य र समन्वय जस्ता सूचकलाई आधार मानिन्छ। यी सबै क्षेत्रमा देखिएको सुधारका कारण गोकुलगंगा गाउँपालिका यसपटक जिल्लामा पहिलो बन्न सफल भएको छ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

गोकुलगङ्गामा छैठौँ राष्ट्रपति रनिङशील्ड सम्पन्न, शारदा मावि च्याम्पियन

रामेछापको गोकुलगङ्गा गाउँपालिकामा आयोजना गरिएको छैठौँ राष्ट्रपति रनिङशील्ड खेलकुद प्रतियोगिता सम्पन्न भएको छ। मङ्सिर १९ गतेदेखि वडा नम्बर ५, नामाडीमा सुरु गरिएको प्रतियोगिता हिजो आइतबार औपचारिक रुपमा समापन गरिएको हो। प्रतियोगितामा शारदा माध्यमिक विद्यालय च्याम्पियन...

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापमा बढ्यो जुनार उत्पादन , जुस उद्योगले थप्यो उत्साह

रामेछापका जुनार बगैँचाहरू यतिबेला पहेंलपुर भएका छन् । हिउँद सुरु भएसँगै सुकाजोर, गाईटार, ओख्रेनी, भालुखोप, हिमगंगा, फूलासीलगायत क्षेत्रका बगैँचामा पाकेर झुन्डिएका जुनारले गाउँको वातावरण नै आकर्षक बनेको छ । वर्षभरिको मेहनतको फल पाकेको देख्दा किसानहरूको अनुहारमा...

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

नेपाली कांग्रेस पुस २६–२८ मा नियमित महाधिवेशन गर्दै, विधि–विवादलाई सहमतिमा टुङ्ग्याउँदै

काठमाडौं । लामो तानातान र आन्तरिक विवादपछि नेपाली कांग्रेस अन्तत ः पुस महिनामै नियमित महाधिवेशन गर्ने निष्कर्षमा पुगेको छ । सभापति शेरबहादुर देउवा सिंगापुर उपचारबाट फर्किएपछि असन्तुष्ट नेताहरूसँग गरिएको निरन्तर छलफलले पार्टीको विवादित महाधिवेशन कार्यतालिका सर्वसम्मत...