मन्थली–कारागारबाट भाग्न खोज्दा सेनाले चलाएको गोली लागेर गम्भिर घाइते भएका ६ जना कैदीबन्दीलाई काठमाडौँ रिफर गरिएको छ । बिहिबार बिहान जेनजी आन्दोलनको आडमा कारागारबाट भाग्न खोजेका कैदीबन्दीलाई नियन्त्रणमा लिन सेनाले चलाएको गोली लागेर २ जना कैदीबन्दीको मृत्यु भएको थियो, भने १४ जन कैदीबन्दी घाइते भएका थिए ।
घाइते सबैलाई जिल्लाका अस्पतालमा उपचारका लागि लगिएपनि ६ जनाको अवस्था गम्भिर रहेकोले थप उपचारका लागि उनीहरुलाई काठमाडौँ रिफर गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्लाको अस्पतालमा उपचारपछि दुई जना डिस्चार्ज भएका छन् भने चार जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । अहिले कारागारको अवस्था शान्त रहेको छ ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...









