काठमाण्डौं । नेपाली नायक गम्भीर श्रेष्ठको कोरियन कथानक चलचित्र ‘सारासेन्वे खाल’ जनवरी १४ तारिक बाट कोरियाको विभिन्न सिनेमा हलमा भब्य प्रदर्शन भइरहेको छ । यस अघि पनी थुप्रै कोरियन चलचित्रहरुमा अभिनय गरि सकेका गम्भीर श्रेष्ठको चलचित्र सारासेन्वे खाल’ अहिले भब्यताका साथ चलिरहेको छ ।
यस चलचित्रमा गम्भीर श्रेष्ठले मुख्य अभिनयको रुपमा भुमिका आफैले खेलेका छन । चलचित्रमा मानव अधिकार र बिदेशी नागरिकहरु बिचको भेदभावको बारेमा कथा समाबेस गरेको छ । कोरियामा सन् १९९० ताका बिदेशी नागरिकहरु प्रति गरिने श्रम शोषण , शारीरिक ,मानसिक तनाब,गाली गलैजा,कुटपिट र महिला यौन हिंसा सम्बन्धी कथा समाबेश गरिएको छ ।
फिल्ममा आफ्ना सन्तान भबिस्य को निमित्त आफ्नो गरीब अभिभावकले कति सम्म दुःख कष्ट खेप्नुपर्छ भन्ने कथा दर्शाएको छ । यस चलचित्रमा कोरियन महिला युन ए जो यौन हिंसा बाट पीडित हुन्छिन उक्त महिलालाई विदेशी नागरिकले एलन आफ्नो कार्य स्थानमा सहारा दिनुको साथसाथै उनको हक अधिकारको कति सम्म लागिपरेका छन् यो फिल्म हेरेपछि थाहा पाउनेछ । निर्देशक लिम जेयंग को निर्देशनमा तयार पारिएको यो फिल्म कोरियाको थिएटर, डिजिटल प्ल्याटफर्ममा रिलिज भइरहेको छ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...