घ्याप्चेको पहिरोले बस्ती सहित सदरमुकाम मन्थली नै जोखिममा

Written by meropradesh creator

३१ श्रावण २०७८, आईतवार

रामेछाप । मन्थली नगरपालिका रामेछाप नगरपालिका र लिखुतामाकोशी गाउँपालिकाको संगम स्थानमा पर्ने घ्याप्चे पहिरोले आसपासका सिङ्गो बस्ती जोखिममा परेको छ । यसवाहेक पहिरोका कारण सदरमुकाम मन्थली समेत उच्च जोखिममा परेको छ ।
घ्याप्चेको पहिरोको कारण सो आसपासका कयौं घर विस्थापित भइसकेका छन् भने हाल १० घर पूर्णजोखिममा रहेका छन् । मन्थली नगरपालिकाको वडा नं. ३ र ४ अर्चले र गैराथोकमा रहेका बस्ती जोखिममा परेका हुन् । वि.स. २०११ सालदेखि जान थालेको घ्याप्चे पहिरोको कारण कयौं घर परिवार विस्थापित भइसकेका छन् भने हाल १० घर पूर्ण जोखिममा परेका छन् । यसअघि स्थानिय प्रसासनले २५ परिवारलाई सुरक्षित स्थानमा सारेको थियो । पहिरोको रोकथाम नगर्ने र पहिरो निरन्तर गइरहने हो भने गैराथोकका ३ सय घर परिवार विस्थापित हुने अवस्थामा पुग्ने निश्चित भएको स्थानिय जानकारहरु बताउँछन् ।
विगत केहि वर्षदेखि कम हुँदै गएको पहिरो केहीदिन यता एक्कासी बढेपछि पहिरो नजिक रहेका बस्तीका मानिसहरु त्रसित भएका छन् । वर्षा भएको बेला बगाउने होकी भन्ने डरले रातभर जागै बसेर रात कटाउने गरेको मन्थली नगरपालिका वडा नं ४ सालुका सोमप्रसाद भट्टराईले जानकारी दिए । उनले भने– पानी पर्न थालेपछी कतीखेर के हुन्छ भन्न सकिन्न । दिनमा त त्यती डर हुन्न रात परेपछि सधैँ डरकै भरमा रात कटाउँदै आएका छौं ।
के हिउँद के बर्षाद सधै नै पहिरो जाने घ्याप्चे मुहान हुँदै आउने रणजोर खोलाले कटान गरेर हजारौं रोपनी खेत, बारी बगाएर खहरे बनाइसकेको छ भने पहिरो आसपासका बस्तीका मानिस पनि वर्षेनी विस्थापित हुँदै आएका छन् । त्यसैगरी मन्थली नगरपालिका वडा नं ४ सालुका धेरै घरहरु विस्थापित भएर अन्यत्र स्थानमा सरिसके हामी अन्त जान पनि सक्दैनौ मरे पनी यहि मर्छौं भनेर बसेका छौ स्थानिय गोमा भट्टराईले जानकारी दिइन । उनले भनिन्– के गर्ने यहाँको सबै सम्पती बिक्रि बितरण गर्दा समेत अन्य ठाउँमा गएर टाउको लुकाउने ठाउँ समेत आउँदैन, कहाँ जानु उनले दुःखेसो पोखिन् ।
जब पानी पर्छ र खोला आउँछ भुकम्प गएको जसरी घर जमिन सबै हल्लाउछ । राती सुतेको बेलामा समेत पुरै घर हल्लाउने गर्दछ । पानी परेको दिन त रातभरी जाँगै बस्नुपर्छ स्थानिय तिर्थराज श्रेष्ठ बताउँछन् । उनले भने–केही वर्ष पहिले घ्याप्चे पहिरो रोकथामको नाममा भू–तथा जलाधार संरक्षण विभागबाट गैराथोकस्थित रणजोर खोला किनारमा जाली हाल्ने काम भएको थियो तर पहिरोको प्रकृति नबुझी हचुवाको भरमा लगाइएको जाली एक वर्ष पनि टिक्न सकेन ।
पहिरो नियन्त्रणको लागि वातावरणीय प्रभाव मूल्यांकन गरि बायो इन्जिनियरिङ्ग प्रविधिबाट रोक्न सकिने घ्याप्चे पहिरो अध्ययन गरेका इन्जिनियर कुशुम भट्टराईले जानकारी दिए । उनले भने– घ्याप्चे पहिरोको कारण रणजोर खोलाको चौडाई वर्षेनी बढ्दै जाँदा २७ मिटरदेखि ३ सय मिटरसम्म फैलिइसकेको छ भने मन्थली नगरपालिकाको कुल क्षेत्रफल २११.७७ वर्ग कलिोमिटर मध्य घ्याप्चे पहिरोले २३.८९ वर्ग किलोमिटर क्षेत्र ओगटेको छ । जसको कारण रामेछापको सदरमुकाम मन्थली समेत उच्च जोखिममा रहेको इन्जिनियर भट्टराईले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

टेलिकमको लापरबाहीले रामेछापको उमाकुण्डमा सञ्चार संकट

असार २४ । रामेछापको उमाकुण्ड गाउँपालिकामा नेपाल टेलिकमको सेवा प्रभावहीन बन्दा स्थानीय बासिन्दा, कर्मचारी, शिक्षक तथा सेवाग्राही दैनिक रूपमा सास्ती भोग्न बाध्य भएका छन् । फोन नलाग्ने, लागे पनि आवाज स्पष्ट नसुनिने, सम्पर्क पटक–पटक विच्छेद हुने र कतिपय स्थानमा टावर नै...

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

पञ्चकन्या आविमा आर्थिक अनियमितताको आरोप, प्रधानाध्यापक परिवर्तनमा गाउँपालिकाको ढिलाइ

रामेछाप । सुनापती गाउँपालिका वडा नं. १, गुन्सी सोह्रखुट्टेस्थित श्री पञ्चकन्या आधारभूत विद्यालयमा आर्थिक अनियमितता, लेखापरीक्षण नगरेको, विद्यालय व्यवस्थापन समितिको निर्णय कार्यान्वयनमा ढिलाइ भएको तथा प्रधानाध्यापकले विद्यालयको शैक्षिक र प्रशासनिक जिम्मेवारी प्रभावकारी...

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

गाउँपालिका र हाइड्रोपावरबिचको विवाद अन्ततः समाधान

अन्ततः लिखु तामाकोशी गाउँपालिका र श्वेत गंगा हाइड्रोपावरबिच सडक निर्माणका क्रममा उत्पन्न विवाद मिलेको छ। गाउँपालिकाको वडा नम्बर २ मा भएको विवाद समाधान गर्दै दुवै पक्षबिच आपसी सहकार्य गर्ने सहमति भएको हो। सहमति अनुसार हाइड्रोपावरको पेनस्टक पाईप पछाडि रहेको खहरे खोलाको...