घुस लिई भ्रष्टाचार गरेको भन्दै गाउँपालिका अध्यक्ष बिरुद्ध अख्तियारमा मुद्धा दर्ता

Written by meropradesh creator

१० भाद्र २०७९, शुक्रबार

रामेछाप । उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनुवारले निर्माण व्यवसायि संग घुस लिई भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा स्थानियले मुद्धा दर्ता गराएका छन् । गाउापालिका अध्यक्ष सुनुवारले गाउँपालिकाको वडा नम्बर १ गुम्देलदेखी वडा नम्बर ७ भुजी सम्म जाने सडक निर्माणको क्रममा निर्माण ब्यवसाय कम्पनी मोतिदान कन्स्ट्रक्सन संग १० लाख रकम घुस लिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धानमा अध्यक्ष बिरुद्ध मुद्धा दर्ता गरेका हुन् ।
गाउँपालिका अध्यक्ष सुनुवारले आफ्ना सवारी चालक उमाकुण्ड गाउँपालिका वडा नम्बर ६ बस्ने नेत्र बहादुर सुनुवारको इन्भेष्टमेण्ट बैंक लिमिटिडको खाता नम्बर ००४०५०८०००९२३५ मा २०७८ साल चैत्र १६ गते बुधबार १० लाख रकम निर्माण ब्यवसायि संग घुस लिई भ्रष्टाचार गरेको उजुरीमा उल्लेख छ ।
गाउँपालिकाको ४ करोड र बागमती प्रदेश सरकारको ४ करोड गरी ८ अरोडको लागतमा टेन्डर निकालियको सडकको काम मोतिदान कन्स्ट्रक्सनले ४ करोड १८ लाख ८० हजारमा निर्माण सम्पन्न गर्ने गरी जिम्मा लिएको थियो । स्थानिय नागरिकले खानेपानी योजनाको क्रममा पनी आफन्तलाई टेन्डर ननिकाली मिलेमतोमा काम दियर गुणस्तरहिन पाइप खरीद गरी भ्रष्टचार जन्य काम गरेको आरोपमा समेत उजुरी हालेका छन् ।
गाउँपालिका अध्यक्ष सुनुवारले भने आफु काठमाण्डौमा रहेको र यस सम्बन्धमा आफुलाई कुनै जानकारी नभएको बताएका छन् । अख्तियारमा मुद्धा परेको भए आफुलाई जानकारी आउने र त्यस पछी मात्र आफुले जवाफ दिने बताए । यस भन्दा पहिले पनी हल्ला चलाएको र आफुले त्यसको सफाई दिनुको साथै बैंक स्टेटमेण्ट समेत सम्बन्धीत निकायमा बुझाइ सकेको अध्यक्ष सुनुवारले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

बाढी उद्धारमा ढिलाइ नगर्न सरकारलाई कांग्रेसको आग्रह, राहत कोषमा १ करोड दिने निर्णय

नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई तीव्र बनाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेसले संकटको समयमा राजनीतिक प्रचारभन्दा परिणाममुखी काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएको छ । सभापति गगनकुमार...

मन्थलीमा लाखे नाच शुरु

मन्थलीमा लाखे नाच शुरु

रामेछाप १३ भदै ।  नेवारी समुदायको संस्कार र परंम्परासंग जोडिएको लाखे नाच आजबाट रामेछापको मन्थलीमा  शुरु भएको  छ । मन्थली बजार नजिकैको भिमसेन मन्दिरमा जम्मा भएका नेवारी समुदायका मानिसहरुले मन्दिरमा पुजा गरेर सगुन खाई लाखे नाच निकालेका हुन् । नेवारी...

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

नेपालको विनाशकारी बाढीबारे नयाँ तथ्य : भूकम्प नभई ग्लेसियर ढलेको आशंका

काठमाडौं । नेपालमा बुधबार आएको विनाशकारी बाढीको कारणबारे नयाँ तथ्य सार्वजनिक भएको छ । बाढी आउनुअघि महसुस गरिएको भूकम्पीय कम्पन सामान्य भूकम्प नभई ग्लेसियरको ठूलो हिस्सा ढलेर त्यसबाट मलबे बगेका कारण उत्पन्न भएको हुनसक्ने देखिएको छ । प्रारम्भिक रूपमा बाढी आउनुअघि महसुस...