‘घर–घर जाऔँ-काँग्रेस जिताऔँ’ अभियान रामेछापमा शुरू

Written by meropradesh creator

३० फाल्गुन २०७८, सोमबार

रामेछाप । नेपाली काँग्रेस रामेछापले स्थानीयतहको निर्वाचनलाई लक्षित गरी प्रचारप्रसार अभियान प्रारम्भ गरेको छ ।

नेपाली काँग्रेसका केन्द्रिय सदस्य कुन्दनराज काफ्लेले आइतबार पार्टी कार्यलय मन्थलीमा एक महिना सञ्चालन हुने अभियानको उद्घाटन गरेका हुन । नेपाली काँग्रेस रामेछापले ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ भन्ने नारा सहित मन्थली बजार परिक्रमा गरी अभियान शुरु गरेको हो । काँग्रेसले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि परिचालन गरी एकैसाथ आइतबारबाट अभियान थालनी गरेको हो ।

केन्द्रिय सदस्य काफ्लेले २०७९ वैशाख ३० गते हुने स्थानीयतहको निर्वाचनलाई दृष्टिगत गरी काँग्रेसले पहिलो चरणमा ‘घर–घर जाऔँ, काँग्रेस जिताऔँ’ अभियान सुरु गरेको जानकारी दिए । अभियानको सुरुवात गर्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य काफ्लेले आगामी स्थानीयतहको निर्वाचनमा काँग्रेसलाई पहिलो पार्टी बनाउने प्रतिबद्धता सहित अभियानमा जुट्न कार्यकर्तालाई निर्देशन समेत दिएका छन् ।

फागुन २९ देखि चैत २९ गतेसम्म सञ्चालन हुने अभियान मार्फत जनतालाई पार्टीका एजेन्डा बारे जानकारी दिने र जनस्तरबाट आएका सुझाव सङ्कलन गर्ने उनले बताए । काँग्रेसको दृष्टिकोण, राष्ट्रिय मुद्दाहरूमा लिइएका अडान र महत्वपूर्ण विषयलाई जनता माझ प्रस्तुत गर्नु पर्ने उनले बताए । स्थानीयतहको निर्वाचनमा मतदानमा सहभागी भएर आफ्नो लोकतान्त्रिक अधिकार प्रयोग गर्न मतदातालाई अपिल गर्दै निर्वाचनको माहोल बनाउने उद्देश्य अभियानको रहेको नेता काफ्लेले बताए ।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’को नीति साथ पार्टीको विधानमा व्यवस्था गरिएका विभिन्न जिम्मेवारी बाँडफाँट गरेर पार्टी पङतीलाई स्थानीय निर्वाचनमा बृहत्तर परिचालनतर्फ उन्मुख गराउने उद्देश्यका साथ एक महिने अभियान सञ्चालन हुने उनले बताए । काँग्रेसको नेतृत्वमा विगतमा हासिल गरेको राजनीतिक र आर्थिक उपलब्धि जनसमक्ष विस्तारित रूपमा राख्ने र नेकपा सरकारको गत तीनवर्षे कार्यकालमा भएका जनविरोधी गतिविधि, असंवैधानिक कदम र भ्रष्टाचार प्रकरण जनता समक्ष व्यापक रूपमा राख्न समेत नेता काफ्लेले निर्देशन दिएका छन् । नेता काफ्लेले प्रधानमन्त्री देउवा कै नेतृत्वमा एमसीसी कम्प्याक्ट अनुमोदन भएको र यसबारे जनस्तरमा छरिएका भ्रम र दुष्प्रचारलाई बुँदागत रूपमा चिर्दै वास्तविक रूपमा राख्न पर्ने बताएका छन् ।

पार्टी भित्र भएका केहि असन्तुष्टि र गुनासाहरु बाहिरी रहेकोले आन्तरिक रुपमा बसेर मिल्न र मिलाउनुको बिकल्प नभएको समेत बताएका छन् । कार्यक्रममा सहभागी नेताहरुले आन्तरिक कमि कम्जोरीलाई सच्याउदै पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्न्े बताएका छन् । नेताहरुले पार्टीलाई एक ढिक्का बनाएर चुनावी मैदानमा जाने र जसले टिकट पाएपनी उसलाई जिताउन एक भएर लाग्ने प्रतिबद्धता समेत जनाएका छन् ।

कार्यक्रममा काँंग्रेस रामेछापका उपसभापति लेखबहादुर कार्की, सचिव दिपक खड्का, निवर्तमान काँंग्रेसका जिल्ला सभापति लवश्री न्यौपाने लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको थियो । काग्रेसले यसअघि रामेछापको आठ वटै स्थानीयतहको अभियान संयोजक समेत तोकिसकेको छ । सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) भने उक्त अभियान शुभारम्भ कार्यक्रममा सहभागी थिएनन ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर 'जेनजी मुभमेन्ट नेपाल' ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका घटना सरकारको...