रामेछाप । घरेलु तथा साना उद्योग विकास समितिको नेतृत्वमा जिल्लाको ग्रामिन भेगमा सञ्चालित होटल तथा पसलहरुको अनुगमन गरेको छ । शुक्रबार घरेलु तथा साना उद्योग विकास समिति रामेछापको नेतृत्वमा जिल्ला प्रसाशन कार्यालय रामेछाप, आन्तरिक राजश्व कार्यलय रामेछाप, रामेछाप उद्योग बाण्ज्यि संघ र नेपाल पत्रकार महासंघको टोलीले सयुक्त अनुगमन गरेको हो ।
अनुगमनको क्रममा ग्रामिन भेगमा सञ्चालित अधिकांश ब्यवसायिहरुले बिना दर्ता ब्यवसाय सञ्चालन गरेको भटिएको घरेलु तथा साना उद्योग विकास समितिका बरिष्ठ उद्योग अधिकृत मेघनाथ गौतमले जानकारी दिए । गौतमले भने कति ब्यवसायिहरुलाई त दर्ता गरेर मात्र ब्यवसायि गनु पर्छ भन्ने सम्मको ज्ञान नभएको पाइएको बताए । अनुगमनको क्रममा ब्यवसाय दर्ता कसरी र कहाँ गर्ने भन्ने सम्मको जानकारी नभएकोले ब्यवसायिहरुलाइ सो कुराको जानकारी समेत गराएको बताए । यस भन्दा पहिले गरिएको अनुगमनको क्रममा ब्यवसाय दर्ता गर्न अर्थात अनुमति बिना मदिरा तथा सुर्तिजन्य पर्दाथ बिक्रि बितरण नगर्न जानकारी गराउदा समेत अटेर गरेर अनुमती बिना हाल सम्म सुर्तिजन्य र मदिरा पर्दाथ बिक्रि बितरण गरिरहेको फेला परेको ब्यपारीहरुको हकमा भने समान जफत गरेको जानकारी दिए । अनुगमनको क्रममा मदिरा र सुर्तिजन्य पर्दाथ साथै बिक्रि बितरणको लागी राखिएको समय नागेको सामान भने जफत गरिएको गौतमले बताए ।
किराना पसलको अनुमतिमात्र लिएर अधिकांश ब्यपारीहरुले मदिरा तथा सुर्तिजन्य पर्दाथ समेत बिक्रि बितरण गरेको पाइएको जानकारी दिए । पहिलो पटक मात्र अनुगमन गरिएको स्थानमा एक साताको लागी समय सिमा दिएर अनुमती लिन आग्रह गरिएको र बारम्बार जानकारी गराउदा समेत अटेर गरिएको स्थानका ब्यपारीहरुबाट भने समान जफत गरीएको जानकारी दिए । शुक्रबार बजार अनुगमन समितिले घरेलु तथा साना उद्योग विकास समितिको नेतृत्वमा खाडाँदेबी गाउँपालिकाको सित्खा, लुभुघाट,सुनापतिकोे डहु , हिलेदेवी र खाडाँदेबी र सुनापतिको सिमानामा रहेको गाल्पा बजारको अनुगमन गरेको थियो ।