घरेलु खोस्टा र परालबाट चकटी तथा जुत्ता बनाउने तालिम मन्थली ११ मा सम्पन्न

१८ जेष्ठ २०८२, शनिबार

रामेछाप । घरेलु कच्चा पदार्थ खोस्टा र परालबाट चकटी, विभिन्न प्रकारका अर्कषक फूल तथा जुत्ता बनाउने १७ दिने सीपमूलक तालिम सम्पन्न भएको छ ।
मन्थली नगरपालिका–११ का २० जना महिलाहरुलाई खोस्टाको चकटी र फूल साथै परालबाट जुत्ता बनाउने १७ दिने सीपमूलक तालिम वडा कार्यलय संगको सहकार्यमा मन्थली नगरपालिकाले १७ दिन अघि सुरु गरेको थियो उक्क्त तालिम आज सम्पन्न गरेको छ ।
स्थानीय स्रोत साधनको उपयोग गर्दै स्वरोजगार सिर्जना र महिलाहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले मन्थली नगरपालिकाले उक्त तालिम दिएको हो । “स्थानीय स्रोत साधनको प्रयोग गरी लघु उद्यम विकास कार्यक्रम” अन्तर्गत सञ्चालित तालिममा सहभागीहरूले मकैको खोस्टाबाट चकटी तथा फूल र परालबाट जुत्ता बनाउने सीप सिकेका छन् ।
मन्थली नगरपालिकाकी उपप्रमुख इश्वरी बस्नेतले सहभागीहरूलाई तालिममा सिकेका सीपहरू व्यवहारमा प्रयोग गरी उत्पादनमा लाग्न आग्रह गर्नुभयो। उहाँले भन्नुभयो, “महिलाहरूलाई आत्मनिर्भर बनाउन मन्थली नगरपालिकाले यस्तो तालिम सञ्चालन गरेको हो । अब तपाईंहरू आफैंले उत्पादन गरेर आम्दानी गर्न सक्नुहुन्छ ।”
उपप्रमुख बस्नेतले नगरपालिकाले भविष्यमा पनि यस्ता सीपमूलक तालिम सञ्चालन गर्दै महिलालाई सशक्त बनाउने कार्यलाई प्राथमिकता दिने बताउनुभयो । साथै, उत्पादनलाई बढावा दिन नगरपालिकाको तर्फबाट सकेसम्म सहयोग गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
त्यस्तै, मन्थली नगरपालिका–११ का वडा अध्यक्ष भीमबहादुर थापा मगरले तालिममा सिकेका सीपहरूको प्रयोग गरी स्वरोजगारमा लाग्न इच्छुक महिलाहरूलाई वडाबाट आवश्यक सहयोग गर्न तयार रहेको बताउनुभयो । उहाँले महिलाहरूलाई आत्मनिर्भर बनाउन यस्ता सीपमूलक तालिमहरू प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो ।
तालिममा तयार पारिएका चकटी र जुत्ताहरूको नमुना प्रदर्शनीसमेत गरिएको थियो। सहभागीहरूले तालिम अत्यन्त उपयोगी भएको प्रतिक्रिया दिँदै उत्पादनको निरन्तरताका लागि यस्ता तालिम नियमित सञ्चालन हुनुपर्नेमा जोड दिएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...