घरदैलो अभियान लिएर काँग्रेस गाउँ पस्यो

Written by meropradesh creator

१७ बैशाख २०७९, शनिबार

रामेछाप । यहीँ बैशाख ३० गते हुने स्थानिय तहको निवार्चनको लागि मतदातासँग मत माग्न नेपाली काँग्रेस मन्थली नगरपालिकाका उम्मेदवारहरुले शनिवारवाट घरदैलो कार्यक्रम शुरुवात गरेका छन् ।

नेपाली काँग्रेसले पहिलो दिन मन्थली नगरपालिका–१ को सातमारा भुजेलगाउँवाट घरदैलो अभियान शुरु गरेका हुन । उक्त अभियानमा मन्थली नगरपालिका काँग्रेसको तर्फवाट नगर प्रमुखका उम्मेदवार बिनोद कार्की, उप–प्रमुखको उम्मेदवार यशोदा श्रेष्ठ र वडा नं १ का वडा अध्यक्षका उम्मेदवार होमप्रसाद पौडेल (रामहरी) र अन्य वडा सदस्य उम्मेदवारहरु सहितको टोलीले नागरिकहरुको घरघरमा पुगेर नेपाली काँग्रेसका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए ।

उम्मेदवारहरुले मतदातासँग जनतालाई परेको समस्याको समाधान गर्न नेपाली काँग्रेस प्रतिवद्ध भएको भन्दै नेपाली काँग्रेसका उम्मेदवारलाई मत दिएर निर्वाचित गराउन अनुरोध समेत गरेका थिए । घरदैलो कार्यक्रममा बोल्दै मन्थली नगरपालिकाका प्रमुखका उम्मेदवार बिनोद कार्कीले नागरिकको माग सम्वोधन हुने गरी सडक, खानेपानी, शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने र त्यसका लागि नागरिकले आफ्नो अमूल्य मत दिएर निर्वाचित गराउन आग्रह गरे ।

काँग्रेसले शुरु गरेको घरदैलो अभियान कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरुको समेत उपस्थिती रहेको थियो । नेपाली काँग्रेसले गरेको घरदैलो अभियानले मन्थली–१ सातमारे भुजेलगाउँका नागरिकहरु उत्साहित भएका छन् ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

विभिन्न क्लस्टरबाट रामेछापका ९ नेता कांग्रेस केन्द्रीय सदस्यको दौडमा

रामेछाप । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत केन्द्रीय सदस्य पदका लागि रामेछापका ९ जना नेताले विभिन्न क्लस्टरबाट उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवारी दर्ताको समय मंगलबार साँझसम्म जिल्लाका ९ नेताले पार्टीको केन्द्रीय नेतृत्वमा प्रतिनिधित्वका लागि फरक–फरक...

कमेरो माटो निकाल्ने क्रममा  पुरिएर एक जनाको मृत्यु

रामेछाप २० असेज । रामेछापको लिखुतामाकोशी गाउँपालिकामा कमेरो माटो निकाल्ने क्रममा माटोको ढिस्को खस्दा पुरिएर एक जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार लिखुतामाकोशी गाउँपालिका–४ बिजुलीकोटका ३४ वर्षीय सोमबहादुर महतको माटोको ढिस्कोले पुरिएर मृत्यु भएको हो । महत कमेरो माटो...

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

कांग्रेस सभापति गगन थापाको राजनीतिक प्रतिवेदन पेश, यस्ता छन् २९ प्रस्तावहरू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने राजनीतिक प्रतिवेदन केन्द्रीय कार्यसमिति बैठकमा पेश गरेका छन् । आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको...