घाम तापेर दिन काट्छीन कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्ग

Written by meropradesh creator

२ मंसिर २०७८, बिहीबार

रामेछाप । कार्यालयमा दैनिक काम लिएर जाने सेवाग्राहीको बेवास्ता गर्दै कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ्ग दैनिक सरकारी पोशाकमै घाम तापेर दिन कटाउने गरेकी छिन् ।

कार्यालय समयमा सेवा लिन आउने सेवाग्राहीको काम गर्नुपर्नेमा त्यसको वेवास्ता गर्दै प्रमुख गुरुङ्ग दैनिक रुपमा घाम तापेर बस्ने र सेवाग्राहीको गुनासो समेत नसुन्ने गरेको सेवा लिन पुगेका सेवाग्राहीहरु बताउँछन् । कार्यालयमा पुगेका सेवाग्राहीलाई वेवास्ता गर्ने र नागरिकसँग भेटघाट नै नगर्ने र झर्कने जस्ता कार्यहरु यसअघि पनि पटक–पटक गर्दै आएको गुनासो कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले गर्दै आएका थिए ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा वुधवार प्रमुख गुरुङ्ग सँग परामर्श लिन पुगेका रामेछाप नगरपालिका वडा नं २ देउरालीका कृषकहरु प्रमुखले भेट नदिएपछि उनीहरु त्यतिकै घर फर्किएका छन् । कार्यालय परिसरवाट बाहिरिदै गरेका कृषकहरुले आफुहरु धानवाली, तरकारी लगाएतका वालीहरुमा लागेको रोग र त्यसको निधानको बिषयमा जानकारी लिन आउँदा प्रमुख गुरुङ्गले भेट नै नदिई बरण्डामा घाम तापेर बसेकाले आफुहरु विना परामर्श खाली हात फर्किएको रामेछाप नगरपालिका वडा नं २ देउरालीका अशोक मगरले जानकारी दिए ।

उनले भने– कृषि ज्ञान केन्द्रले सिफारिस गरेको धान खरिद गरेर लगेको धानको बीउँ खेतमा लगाउँदा धानको वाला मात्रै भएको र दाना नै लागेन । यता खेत तथा वारीमा लगाइएको तरकारीमा रोगले क्षती पुगेपछि सरकारी अनुदान मिल्छ की मिल्दैन भन्ने बिषयमा प्रमुखलाई नै भेटेर कुराकानी गर्न आएका थियौ । प्रमुख गुरुङ्गले हामी किसानहरुलाई भेट नै नदिई घाम तापेर बसेपछि आफुहरु त्यतीकै फर्किएको कृषक मगरले गुनासो गरे ।


कृषकहरु कार्यालयबाट बाहिरिएसँगै उक्त कार्यालयमा भएगरेका कामहरुको सूचना लिन पुुगेका संचारकर्मीहरु पुग्दा पनि प्रमुख गुरुङ्ग घाम नै तापेर बसेकी थिइन । संचारकर्मीहरुले केही सूचना आवश्यक परेकाले भेट गर्न आएको भन्दा उनले आफु एकछिन घाम तापेर बस्ने भन्दै कार्यकक्षमा समेत पस्न नमानेको जनता भ्वाइसका प्रकाशक÷सम्पादक कुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने– नागरिकले तिरको करको पैसाले तलव भत्ता खाएर नागरिकहरुको काम नै नगरि दैनिक घाम तापेर बस्न प्रमुख गुरुङ्गलाई लाज लाग्नुपर्ने हो । यता जिल्लाका सरकारी कार्यालयको नियमित अनुगमन गर्ने तालुके अड्डा जिल्ला प्रशासन कार्यालयले पनि सरकारी कार्यालयको नियमित अनुमगन गर्न नसक्दा कार्यालय प्रमुखहरु र कर्मचारीहरुको ज्यादती बढ्दै गएको श्रेष्ठले बताए ।

कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीको काम नै नगरि कार्यालय प्रमुख दैनिक घाम तापेर बस्नु नितान्त घृणित काम भएको नागरिक समाजका अगुवा हिमाल ढुंगेलले जानकारी दिए । उनले भने– एउटा सरकारी कार्यालयको प्रमुख सेवाग्राहीको काम रोकेर घाम तापेर बस्नु भनेको रामेछापका आम नागरिकहरु माथि गरेको अपराध हो । यसबिषयमा नागरिकहरुले खबरदारी गर्नुपर्ने र तालुके सरकारी कार्यालयले आवश्यक कारवाही गर्नुपर्ने ढुंगेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप कृषि पर्यटन मेलाको हाल सम्मको आम्दानी खर्च सार्वजनिक ःअम्दानी ३ लाख खर्च १६ लाख

रामेछाप । रामेछाप उद्योग वाणिज्यिक सङ्घ रामेछापले माघ १५ गते देखी २६ गते सम्म मन्थलीमा सञ्चालित रामेछाप कृषि पर्यटन तथा औद्योगिक मेला प्रदर्शनी २०८१ को आम्दानी तथा खर्च सार्वजनिक गरेको छ । उद्योग वाणिज्यिक सङ्घले पत्रकार सम्मेलन मार्फत सोमबार आम्दानी तथा खर्च...

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

जनमत र नाउपा पार्टी एकता नजिक – दलको नाम र चुनाव चिह्नमा छलफल

काठमाडौं । जनमत र नागरिक उन्मुक्ति पार्टी (नाउपा) एकीकरणका लागि सहमति नजिक पुगेको छ । पार्टीको नाम, अध्यक्ष, चुनाव चिह्न लगायतमा दुवै पक्ष सहमति नजिक रहेको दुवै दलले जानकारी दिएका छन् । एकतापछिको पार्टी अध्यक्ष डा. सीके राउत, सह–अध्यक्ष रञ्जिता श्रेष्ठ हुनेगरी छलफल...

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप नगरपालिकामा सार्वजनिक सुनुवाइ सम्पन्न

रामेछाप । रामेछाप नगरपालिकाले आइतबार आर्थिक वर्ष २०८१÷८२ को आठ महिना अवधिको विकास निर्माण तथा सार्वजनिक सेवाका विषयमा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको छ । नगरपालिकाको वडा नम्बर ६ को ओख्रेनीमा आइतबार सम्पन्न सार्वजनिक सुनुवाइ कार्यक्रममा चालु आर्थिक वर्ष...