घाम तापेर दिन काट्छीन कृषि ज्ञानकेन्द्रकी प्रमुख–गुरुङ्ग

Written by meropradesh creator

२ मंसिर २०७८, बिहीबार

रामेछाप । कार्यालयमा दैनिक काम लिएर जाने सेवाग्राहीको बेवास्ता गर्दै कृषि ज्ञान केन्द्र रामेछापकी प्रमुख निर्मला गुरुङ्ग दैनिक सरकारी पोशाकमै घाम तापेर दिन कटाउने गरेकी छिन् ।

कार्यालय समयमा सेवा लिन आउने सेवाग्राहीको काम गर्नुपर्नेमा त्यसको वेवास्ता गर्दै प्रमुख गुरुङ्ग दैनिक रुपमा घाम तापेर बस्ने र सेवाग्राहीको गुनासो समेत नसुन्ने गरेको सेवा लिन पुगेका सेवाग्राहीहरु बताउँछन् । कार्यालयमा पुगेका सेवाग्राहीलाई वेवास्ता गर्ने र नागरिकसँग भेटघाट नै नगर्ने र झर्कने जस्ता कार्यहरु यसअघि पनि पटक–पटक गर्दै आएको गुनासो कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीले गर्दै आएका थिए ।

कृषि ज्ञान केन्द्रको कार्यालयमा वुधवार प्रमुख गुरुङ्ग सँग परामर्श लिन पुगेका रामेछाप नगरपालिका वडा नं २ देउरालीका कृषकहरु प्रमुखले भेट नदिएपछि उनीहरु त्यतिकै घर फर्किएका छन् । कार्यालय परिसरवाट बाहिरिदै गरेका कृषकहरुले आफुहरु धानवाली, तरकारी लगाएतका वालीहरुमा लागेको रोग र त्यसको निधानको बिषयमा जानकारी लिन आउँदा प्रमुख गुरुङ्गले भेट नै नदिई बरण्डामा घाम तापेर बसेकाले आफुहरु विना परामर्श खाली हात फर्किएको रामेछाप नगरपालिका वडा नं २ देउरालीका अशोक मगरले जानकारी दिए ।

उनले भने– कृषि ज्ञान केन्द्रले सिफारिस गरेको धान खरिद गरेर लगेको धानको बीउँ खेतमा लगाउँदा धानको वाला मात्रै भएको र दाना नै लागेन । यता खेत तथा वारीमा लगाइएको तरकारीमा रोगले क्षती पुगेपछि सरकारी अनुदान मिल्छ की मिल्दैन भन्ने बिषयमा प्रमुखलाई नै भेटेर कुराकानी गर्न आएका थियौ । प्रमुख गुरुङ्गले हामी किसानहरुलाई भेट नै नदिई घाम तापेर बसेपछि आफुहरु त्यतीकै फर्किएको कृषक मगरले गुनासो गरे ।


कृषकहरु कार्यालयबाट बाहिरिएसँगै उक्त कार्यालयमा भएगरेका कामहरुको सूचना लिन पुुगेका संचारकर्मीहरु पुग्दा पनि प्रमुख गुरुङ्ग घाम नै तापेर बसेकी थिइन । संचारकर्मीहरुले केही सूचना आवश्यक परेकाले भेट गर्न आएको भन्दा उनले आफु एकछिन घाम तापेर बस्ने भन्दै कार्यकक्षमा समेत पस्न नमानेको जनता भ्वाइसका प्रकाशक÷सम्पादक कुमार श्रेष्ठले जानकारी दिए ।

उनले भने– नागरिकले तिरको करको पैसाले तलव भत्ता खाएर नागरिकहरुको काम नै नगरि दैनिक घाम तापेर बस्न प्रमुख गुरुङ्गलाई लाज लाग्नुपर्ने हो । यता जिल्लाका सरकारी कार्यालयको नियमित अनुगमन गर्ने तालुके अड्डा जिल्ला प्रशासन कार्यालयले पनि सरकारी कार्यालयको नियमित अनुमगन गर्न नसक्दा कार्यालय प्रमुखहरु र कर्मचारीहरुको ज्यादती बढ्दै गएको श्रेष्ठले बताए ।

कार्यालयमा सेवा लिन पुगेका सेवाग्राहीको काम नै नगरि कार्यालय प्रमुख दैनिक घाम तापेर बस्नु नितान्त घृणित काम भएको नागरिक समाजका अगुवा हिमाल ढुंगेलले जानकारी दिए । उनले भने– एउटा सरकारी कार्यालयको प्रमुख सेवाग्राहीको काम रोकेर घाम तापेर बस्नु भनेको रामेछापका आम नागरिकहरु माथि गरेको अपराध हो । यसबिषयमा नागरिकहरुले खबरदारी गर्नुपर्ने र तालुके सरकारी कार्यालयले आवश्यक कारवाही गर्नुपर्ने ढुंगेलले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

फोनिज रामेछापद्वारा २ पत्रकार सम्मानित

रामेछाप, २२ भदौ। नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) रामेछापले स्थापना गरेको ‘फोनिज रामेछाप खोज पत्रकारिता वर्ष पुरस्कार–२०८३’ र फोनिज रामेछाप उत्कृष्ट आदिवासी जनजाति पत्रकारिता वर्ष पुरस्कार–२०८३’ बाट २ पत्रकार सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा नेपाल...

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुलाको भट्टारमा पहिरोको आतंक, चौलानी थुनिएपछि १० परिवार सारिए

दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–स्थित भट्टार क्षेत्रमा पहिरो गएपछि चौलानी नदीको बहाव प्रभावित बनेको छ। पहिरोले नदी केही समय थुनिएपछि आसपासका बस्तीमा जोखिम बढेको भन्दै भट्टारका १० परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । पहिरोका कारण सडक तथा पदमार्गमा समेत ठूलो...