रामेछाप । नेपाली काँग्रेसका महामन्त्री एवं काँग्रेसका प्रखरबक्ता गगनकुमार थापा यहि चैत्र १९ गते शनिवार रामेछापमा आउने भएका छन् । मन्थली नगरपालिका–१२ का नेपाली काँग्रेसका नेता खिलेन्द्र वहादुर खत्रीले नेतृत्वमा निमार्ण सम्पन भएको अग्लेश्वर महादेव मन्दीरको उद्घाटन गर्न काँग्रेसका महामन्त्री थापा रामेछाप आउने भएका हुन् । मन्दीर उद्घाटन सँगै नेपाली काँग्रेस रामेछापले संचालन गरेको “घरघर जाऔं–नेपाली काँग्रेसलाई जिताऔ”ं अभियानमा गेलुमा हुने सभालाई समेत महामन्त्री थापाले सम्बोधन गर्ने छन् ।
नेपाली काँग्रेसका नेता खत्रीले स्थानिय तहले सहयोग नगरेपछी ब्यक्ति संग सहयोग संकलन गरी झण्डै ५० लाखमा सो मन्दीर निर्माण गरेको हो ।
मन्दीरको नजिकै हेलीप्याड खेल मैदान निर्माण गर्नका साथै बिभिन्न खाले कार्यक्रम सञ्चालन गर्न र पुजा पाठ गर्न भक्तजन लाई सहज हुने गरी मन्दीर परिसर निर्माण गरिएको छ ।
मन्दीर उद्घाटन पछि हुने सभालाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णवहादुर तामाङ्ग (कान्छाराम) लगाएत अन्य शिर्षस्थ नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काँग्रेस रामेछापका जिल्ला कार्यसमिती सदस्य दिनेश खड्काले जानकारी दिए । साथै मन्दीर उद्घाटनमा कलाकारहरु प्रकाश कटुवाल, संगम लामीछाने, सन्ध्या सानु र सुरज बुढाथोकीले संस्कृतीक कार्यक्रम समेत प्रस्तुत गर्ने काँग्रेस जिल्ला सदस्य खड्काले जानकारी दिए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...