गगन थापा रामेछाप आउँदै

Written by meropradesh creator

१७ चैत्र २०७८, बिहीबार

रामेछाप । नेपाली काँग्रेसका महामन्त्री एवं काँग्रेसका प्रखरबक्ता गगनकुमार थापा यहि चैत्र १९ गते शनिवार रामेछापमा आउने भएका छन् । मन्थली नगरपालिका–१२ का नेपाली काँग्रेसका नेता खिलेन्द्र वहादुर खत्रीले नेतृत्वमा निमार्ण सम्पन भएको अग्लेश्वर महादेव मन्दीरको उद्घाटन गर्न काँग्रेसका महामन्त्री थापा रामेछाप आउने भएका हुन् । मन्दीर उद्घाटन सँगै नेपाली काँग्रेस रामेछापले संचालन गरेको “घरघर जाऔं–नेपाली काँग्रेसलाई जिताऔ”ं अभियानमा गेलुमा हुने सभालाई समेत महामन्त्री थापाले सम्बोधन गर्ने छन् ।
नेपाली काँग्रेसका नेता खत्रीले स्थानिय तहले सहयोग नगरेपछी ब्यक्ति संग सहयोग संकलन गरी झण्डै ५० लाखमा सो मन्दीर निर्माण गरेको हो ।
मन्दीरको नजिकै हेलीप्याड खेल मैदान निर्माण गर्नका साथै बिभिन्न खाले कार्यक्रम सञ्चालन गर्न र पुजा पाठ गर्न भक्तजन लाई सहज हुने गरी मन्दीर परिसर निर्माण गरिएको छ ।
मन्दीर उद्घाटन पछि हुने सभालाई नेपाली काँग्रेस रामेछापका पार्टी सभापति पूर्णवहादुर तामाङ्ग (कान्छाराम) लगाएत अन्य शिर्षस्थ नेताहरुले समेत सम्बोधन गर्ने कार्यक्रम तय भएको नेपाली काँग्रेस रामेछापका जिल्ला कार्यसमिती सदस्य दिनेश खड्काले जानकारी दिए । साथै मन्दीर उद्घाटनमा कलाकारहरु प्रकाश कटुवाल, संगम लामीछाने, सन्ध्या सानु र सुरज बुढाथोकीले संस्कृतीक कार्यक्रम समेत प्रस्तुत गर्ने काँग्रेस जिल्ला सदस्य खड्काले जानकारी दिए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो

रामेछापमा आर्थिक गणना ७५ प्रतिशत सकियो मन्थली, जेठ ६ गते । राष्ट्रिय तथ्याङ्क कार्यालयद्वारा सञ्चालित राष्ट्रिय आर्थिक गणना कार्यक्रम अन्तर्गत रामेछाप जिल्लामा कुल ७५ प्रतिशत कार्य सम्पन्न भएको छ। गत वैशाख ३ गतेदेखि जिल्लाभर सुरु भएको गणना कार्य अन्तर्गत हालसम्मको...

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

निलम्बन भोग्न तयार छौँ तर सरकारलाई जबाफदेही बनाएरै छाड्छौँ: हर्क साम्पाङ

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारलाई संसदप्रति उत्तरदायी बनाउन आफूहरू निलम्बन भोग्न समेत तयार रहेको बताएका छन्। सिंहदरबारमा सञ्चारकर्मीसँग बोल्दै उनले जनताका प्रश्नहरूलाई दबाउन खोजिएको भन्दै सभामुखको रुलिङप्रति असन्तुष्टि जनाए। सुकुम्वासी समस्या,...

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

सगरमाथा आरोही अनिता कार्कीलाई गोकुलगंगा गाउँपालिकाद्वारा बधाई

रामेछापको गोकुलगंगा गाउँपालिका–१ चुचुरेकी सशस्त्र प्रहरी सहायक हवलदार तथा राष्ट्रिय फेन्सिङ खेलाडी अनिता कार्कीले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँले वैशाख ४ गते सोमबार बिहान १०:२० बजे सगरमाथाको चुचुरोमा सफलतापूर्वक पाइला टेक्नुभएको हो ।...