गेलुमा एम्बुलेन्स बिरामी

Written by meropradesh creator

१९ भाद्र २०७८, शनिबार

रामेछाप । मन्थली नगरपालिका वडा नं ११ गेलु प्राथमिक स्वास्थ्य केन्द्रमा रहेको बिरामी बोक्ने एम्बुलेन्स नै बिरामी परेर थन्किएपछि गेलुका नागरिकहरु एम्बुलेन्स सेवा लिनवाट बञ्चित भएका छन् ।

मन्थली नगरपालिका वडा नं ११ गेलु वडा कार्यालय मार्फत २०७५ सालवाट सञ्चालनमा आएको एम्वुलेन्स बिग्रीएर थन्किएपछि स्थानिय नागरिकहरुले सास्ती खेप्न वाध्य भएका हुन् । गाउँमा भएको एउटा मात्र एम्वुलेन्स त्यो पनि बिग्रीएपछि प्राथमिक स्वास्थ्य केन्द्र गेलुमा उपचार नहुने गम्भिर प्रकृतिका बिरामीलाई रिफर गर्दा उनीहरुले महङ्गो मूल्य पैसा तिरेर सवारीसाधन भाडामा लिएर उपचार गर्न जानु पर्ने वाध्यता रहेको छ ।


गाउँमा भएको एउटा एम्वुलेन्स बिग्रीएर थन्किएको लामो समय हुँदासमेत मर्मत सम्भार नहुँदा नागरिकहरुले धेरै दुःख खेप्नु परेको मन्थली नगरपालिका वडा नं ११ गेलुका सागर बोहोराले जानकारी दिए । उनले भने– भएको एम्बुलेन्स बिग्रीएर बसेको छ । बिरामी परेको बखत गाउँमा सबारीसाधन हुँदैनन् । सदरमुकाम मन्थलीवाट साधन मगाउनु पर्दा धेरै खर्चिलो हुने हुन्छ । जसले गर्दा सर्वसाधारण नागरिकलाई धेरै मार परेको छ ।

एम्बुलेन्स बिग्रीएर बसेको दुई महिना भन्दा बढि भएको मन्थली नगरपालिका वडा नं ११ गेलुका अध्यक्ष भिमबहादुर मगरले जानकारी दिए । उनले भने– बिग्रीएको एम्वुलेन्स मर्मत गर्न आवश्यक पर्ने सामान जिल्लामा पाइएन । अन्यत्र सामाग्री खोज्दा समेत कोरोना महामारीका कारण सामान नपाएकाले मर्मत सम्भार नभएको हो । अब चाँडै एम्वुलेन्स मर्मत सम्भार गरेर संचालनमा ल्याइने अध्यक्ष मगरले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

चेक अनादर कसुरमा सेफ सन्तोष साह पक्राउ

चेक अनादर कसुरमा सेफ सन्तोष साह पक्राउ

बैंकिङ कसुर (चेक अनादर) तथा ठगी मुद्दामा सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले उनलाई महोत्तरीबाट नियन्त्रणमा लिएको हो । कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्काका अनुसार साहलाई गएराति पक्राउ गरिएको...

प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

प्रमाणपत्र मात्रै होइन, तालिम सकिँदा सुनापतिका युवाको खल्तीमा लाइसेन्स!

सरकारी बजेट सिध्याउन र भित्तामा झुन्ड्याउने प्रमाणपत्र बाँड्न मात्रै तालिम गरिन्छ भन्ने आम बुझाइलाई रामेछापको सुनापति गाउँपालिकाले चिरेको छ। गाउँपालिकाले आयोजना गरेको युवा लक्षित हलुका सवारी चालक तालिमको परिणाम दुरुस्तै देखियो, जहाँ तालिम सकिदासम्म १५ जना युवाहरूले...

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

शान्ति सुरक्षा र नागरिक सन्तुष्टिमा केन्द्रित रह्यो मेरो कार्यकाल: प्रजिअ थापा

रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले आफ्नो एक वर्षे कार्यकाल शान्ति सुरक्षा कायम गर्न, नागरिक सन्तुष्टि दिलाउन र विपद् व्यवस्थापनमा पूर्ण रूपमा सफल रहेको दाबी गर्नुभएको छ। सप्तरी सरुवा भई जान लाग्नुभएका प्रजिअ थापाले सञ्चारकर्मीहरूसँगको बिदाइ भेटघाटमा...