गेलुको गजपानी आगलागी पीडितलाई राहत हस्तान्तरण

रामेछाप । मन्थली नगरपालिका वडा नम्बर ११ गजपानिमा गए राति आगोलागि हुँदा दुई घर जलेर नष्ट भएको थियो । आगालागिबाट घरबार विहीन बनेका आगोलागि पीडित फस्टबहादुर श्रेष्ठको परिवारलाई मन्थली नगरपालिका लगायत विभिन्न सङ्घ संस्थाले शनिवार बिहान राहत हस्तान्तरण गरेको छ । मन्थली नगरपालिका लगायत विभिन्न सङ्घसंस्था घटनास्थलमा पुगेर श्रेष्ठको परिवारलाई राहत सामाग्री हस्तान्तरण गरेका हुन् ।

मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठ वडा अध्यक्ष भीम बहादुर थापा सहित नगरपालिका बाट पुगेका टोलीले नगरपालिकाका तर्फबाट खाधन्न सामग्री अन्तर्गत दाल, चामल, चिउरा,तेल लगायत चार बन्डल जस्तापाता र त्रिपाल हस्तान्तरण गरेको छ । त्यसै गरी शनिवार नई जिल्ला विपद् व्यवस्थापन समिति, नेपाल रेडक्रस सोसाइटी र मन्थली बचत तथा ऋण सहकारी संस्थाले खाद्यान्न, ओढ्ने ओछ्याउने, त्रिपाल, भाडा बर्तन र अन्य अत्यावश्यक सामाग्रीहरू आगलागी पीडित परिवारलाई घटनास्थलमानै पुगेर हस्तान्तरण गरेका छन् ।

आगोमा परेर नगद १०लाख , सुन ४ तोला चाँदी २ तोला जलेर नष्ट भएको पीडित श्रेष्ठले बताएका छन् । त्यस्तै २६ वटा खसी बाख्रा, अन्न र लत्ता कपडा समेत जलेर नष्ट भएको बताएका छन् ।  साथै ४० मुरी भन्दा बढी धान सहित सम्पूर्ण खाद्यान्न सामग्री सहित जलेको उनले बताएका छन् ।

यसैबिच आगोले घर ध्वस्त भएका परिवारलाई अस्थायी रूपमा बसोबास गराउनका लागि जिल्ला स्थित सुरक्षाकर्मीले अस्थायी आवास निर्माण गर्ने काम थालेको छ । सो कार्यका लागि खग्गदल गण बाट नेपाली सेना र जिल्ला प्रहरी कार्यालयबाट पुगेका प्रहरीहरू संलग्न रहेको छ । क्षतिको विवरण सङ्कलन गर्ने कार्य समेत प्रहरीले थालेको वडा अध्यक्ष भीमबहादुर थापामगरले जानकारी दिनु भयो ।

एक्कासि राति साँढे ९ बजे देखि सुरु भएको आगो आज बिहान साढे ३ बजे स्थानीय नागरिक, नेपाल प्रहरी लगायत सुरक्षा निकायको सक्रियतामा नियन्त्रणमा आएको हो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...