काठमाडौं । गभर्नर सिफारिस समिति सरकारले पुनर्गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरेको हो । समितिका सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा.पोषराज पाण्डे सदस्य रहेका छन् ।
यस अघिका समितिका सदस्य डा विश्व पौडेलको राजीनामा पछि समिति पुनर्गठन गरिएको हो । यसअघि पनि समिति सदस्यबाट डा विजयनाथ भट्टराईले राजीनामा दिनुभएको थियो ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...