गभर्नर नियुक्तिका विषयमा प्रधानमन्त्री वलीलाई किन बचाउदैंछ – सभापती देउवा

काठमाण्डौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा वलीलाई बचाउ गदैं बोलेका छन् । कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल राष्ट्र बैंकभित्रकै समस्याले गर्दा गभर्नर नियुक्तिमा ढिलाइ भइरहेको भन्दै त्यसमा प्रधानमन्त्रीको कारण ढिलाई नभएको बताएका छन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आर्थिक नीति तथा योजना विभागले गरेको कार्यक्रममा बोल्दै सभापति देउवाले राजनीतिक कारण भन्दा पनि राष्ट्र बैंक भित्रैको समस्याले गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका छन् ।
‘गभर्नरको विषयमा अहिले राजनीतिक समस्या छैन, ओलीजी पनि सकारात्मक नै हुनुहुन्छ, राष्ट्र बैंक भित्रकै समस्या हो,’ सभापति देउवाले भने । सभापति देउवाले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टलाई गभर्नर बनाउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग पटकपटक कुराकानी गरेका थिए । भट्टले पनि कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् तर स्वीकृत भएको छैन ।
गभर्नरका लागि प्रधानमन्त्री र देउवाबीच समझदारी भएका गुणाकर भट्टले अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी गरेका छन्। साथै कांग्रेस नेता प्रकाशशरण महत अर्थमन्त्री हुँदा उनी सल्लाहकार पनि थिए । अब उपप्रधानमन्त्री पौडेल नेतृत्वको सिफारिस समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नेछ । ती नाममध्ये एक जनालाई मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्नेछ ।
प्रधानमन्त्री र सभापति देउवाबीच भट्टलाई गभर्नर नियुक्त गर्ने समझदारी बनेकोले उनी नै गभर्नर हुने सम्भावना देखिन्छ। यसबीच सोमबार बिहान भट्टले बूढानीलकण्ठ पुगेर सभापति देउवालाई भेट पनि गरेका थिए । साथै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल सोमबार बिहान सभापति देउवा निवास बूढानीलकण्ठ पुगेका थिए । आगामी वर्षको बजेटका सन्दर्भमा अर्थमन्त्री पौडेल र सभापति देउवाबीच कुराकानी भएको बताइएको छ ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

कांग्रेसभित्र विश्वासको वातावरण बनाउन देउवाको आग्रह, ‘पार्टी फेरि एकताबद्ध हुनुपर्छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको अविश्वास र असमझदारी अन्त्य गर्दै संवाद, सहकार्य र एकताको वातावरण निर्माण गर्न आग्रह गरेका छन्। राष्ट्रिय भेलाका लागि तयार गरिएको आफ्नो सम्बोधनमा देउवाले कांग्रेसभित्र विश्वासको वातावरण निर्माण...

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

कसैको निरंकुशता स्वीकार्दैनौँ, कांग्रेस एकढिक्का हुन्छ ः शेखर कोइराला

२९ साउन, काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएको विभाजन अन्त्य गर्दै कांग्रेसलाई एकढिक्का बनाउनेमा आफू विश्वस्त रहेको बताएका छन्। शुक्रबारबाट सुरु भएको कांग्रेसको इतर पक्षको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै कोइरालाले पार्टी अहिले...

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

व्यक्तिगत सम्बन्धभन्दा पार्टी र सिद्धान्तको निष्ठा माथि : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको व्यक्तिगत सम्बन्ध र निष्ठाभन्दा संस्था, सिद्धान्त र पार्टीप्रतिको निष्ठालाई प्राथमिकता दिनुपर्ने बताएका छन् । शुक्रबार ललितपुरको सानेपास्थित नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय...