गाउँ मै सय जनाको नयाँ दाँत

Written by meropradesh creator

६ बैशाख २०७९, मंगलवार

रामेछाप । सुनापति गाउँपालिकामा ४ दिने निःशुल्क दन्त शिविर संचालन गरी एक सय जनाको नयाँ नक्कली दाँत राखिएको छ । १५ जनाको पूरा सेट र आंशिक ८५ जनाको गरी १ सय जनाको दाँत राखिएको हो ।
सुनापती गाउँपालिका, पिएसएफ लक्जेवर्ग÷टिडिएच जर्मनी÷सामुदायिक विकास समाज÷महिला तथा बाल सशक्तीकरणः स्वास्थ्य तथा सरसफाइ परियोजनाको आयोजना र युनाइटेड डेन्टल केयर प्रालि काठमाण्डौंको प्राविधिक सहयोगमा निःशुल्क दन्त शिविर संचालन गरिएको परियोजना संयोजक तिलक कार्कीले बताए । पौष १०–१४ मा सुनापतिका ५ वटै वडाहरुमा संचालन गरिएको निःशुल्क शिविरमा ७ सय ४० दाँतका विरामीहरुले उपचार, परामर्श पाउनुका साथै ३ सय ८ जना दाँतका रोगीहरुको दाँत फुकाल्नुका साथै ७३ वटा दाँत भरिएको थियो । सोहि छनौट शिविरबाट छानिएका विरामीहरुको गाउँमा नै दक्ष, अनुभवि दन्त विशेषज्ञबाट उपचार तथा नयाँ दाँत लगाइएको सुनापति गाउँपालिका स्वास्थ्य शाखा संयोजक अर्जुन श्रेष्ठले बताए ।

गाउँमा नै ५० हजारको दाँत निःशुल्क राख्न पाउदा खुशी मान्दै खनियापानीकी शन्तमाया मानन्धर हाँसो फर्किएको बताइन् । अब त खाना खान, चपाउन पाउने भन्दै मुख छोपेर बोल्नु पर्ने अवस्था हटेको बताइन् । सुनापति गाउँपालिका वडा नं. ३ का नेत्रबहादुर खड्का थोते मुख भरिलो भएकोमा आफ्नै फोटोलाई हेर्दै दङ्ग छन् । चाउरिएको अनुहार र खोसिएको हाँसो फर्किएकोमा खुशी हुदै भने– “राम्रो पनि भइयो, खाना पनि सकिने भइयो । गरीव तथा विपन्नका लागि गाउँमा नयाँ काम गरेकोमा आयोजकलाई धन्यवाद दिए ।

सुनापति गाउँपालिका र सामुदायिक विकास समाजसँगको सहयोगमा आँखा, दाँत तथा पाठेघरका समस्या भएका विरामीहरुलाई निरन्तर स्वास्थ्य शिविर मार्फत सेवा गर्र्दै जाने पालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलराज श्रेष्ठ बताए । दन्त शिविर सुनापतिको केन्द्र हिलेदेवीमा चैत्र २६ देखि २९ सम्म संचालन गरिएको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

पार्टी सभापति कान्छारामको कार्यशैलीको विरोध गर्दै सभापति देउवालाई ध्यानाकर्षण पत्र

रामेछाप । नेपाली काँग्रेस रामेछापका सभापतिको कार्यशैलीको विरोध गर्दै पदाधिकारीहरूले सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाएको छ । ऊर्जा, जलस्रोत तथा सिचाइ राज्यमन्त्रीसमेत रहेका जिल्ला सभापति पूर्णबहादुर तामाङ (कान्छाराम) ले कार्यकालको सुरुवातीदेखि नै...

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

गौरीशङ्कर माविको ६१ औँ वार्षिकोत्सव

रामेछाप । गौरीशङ्कर माध्यमिक विद्यालयले ६१ औँ वार्षिकोत्सव तथा अभिभावक भेला आयोजना गरेको छ । वार्षिकोत्सवको अवसरमा विद्यालयले आयोजना गरेको अभिभावक भेलामा शिक्षक तथा विद्यार्थीले विभिन्न प्रतिभा प्रस्तुत गरेका छन् । वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै रामेछाप...

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली नगर कप महिला तर्फको उपाधि भटौलीले हात पार्‍यो

मन्थली । मन्थली नगर खेलकुद विकास समितिको आयोजनामा फागुन ३ गतेदेखि सुरु भएको प्रथम महिला नगर भलिबलको उपाधि मन्थली नगरपालिका वडा नं ७ भटौलीले जितेको छ । बुधवार भएको फाइनल खेलमा वडा नं १३ फुलासीलाई पराजित गराउँदै भटौलीले प्रथम महिला भलिबलको उपाधि जितेको हो ।विजेता...