गाँजाको बोटबाट बनेको घरमा रिसोर्ट सञ्चालन

Written by meropradesh creator

२७ भाद्र २०७९, सोमबार

विजय नेपाल, सिन्धुपाल्चोक । गाँजाको बोटको प्रयोग गरेर निर्माण गरिएको २२ वटा कोठा भएको चार तल्ले घरमा रिसोर्ट सञ्चालन गर्न थालिएको छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका २, शेर्माथाङमा गोपाल लामाले निर्माण गरेको उक्त घरमा याङ्ग्रीमा इको लज सञ्चालनमा आएको हो ।

इटा वा ढुङगा प्रयोग गरेको घर भन्दा सस्तो र टिकाउ हुनुका साथै गाँजाको बोट प्रयोग गरि निर्माण गरिएको घर कार्बन न्यूनिकरणमा पनि सहयोगी हुने रिसोर्टका सञ्चालक गोपाल लामाको दाबी छ । गाँजाका बोटले वातावरणमा भएको कार्बन सोसेर भण्डारण गर्ने भएकोले यसले वायुमण्डलमा भएको कार्बन घटाउन मद्दत गर्दछ । आगलागीबाट समेत सुरक्षीत हुने सो घरको गाँजाको बोटको भित्ताले इन्सुलेसन’को काम समेत गर्दछ । हरेक वर्ष हिउँदा तीन फिटसम्म बाक्लो हिँउ पर्ने शेर्माथाङमा बाहिर हिँउ परिरहेको बेला समेत यो घरभित्र सामान्य कपडा लगाएर बस्न सकिने लामाको दाबी छ ।

यस्ता घर बाक्लो भित्ता हुनेगरी बनाइएको र गाँजाको बोट र चुना प्रयोग गरिएको कारण यो आफैं न्यानो पनि हुने भएकोले दम, वाथजस्ता रोग लागेका मान्छेलाई समेत यो घर उपयुक्त हुने उनी बताउँछन् । त्यस्ता रोगीलाई सिमेन्ट घरको केमिकलले पनि असर गर्छ, तर गाँजाको बोटबाट बनेको घरमा कुनै रासायनिक पदार्थ नहुने भएकोले यो ज्यादै उपयोगी हुने गोपालको भनाइ छ ।

चार तल्ला अग्लो उक्त घरमा शौचालय र बाथरुमबाहेक २२ कोठा रहेका छन् । घरको पिलर, बिम, ढलान, पार्टेसन र भर्याङ आरसिसि (कंक्रिट) मोडलबाट बनाइएको भएपनि घरको बाहीरी भित्तामा भने गाँजाका डाँठ प्रयोग गरिएको छ । गाँजाको डाँठमा चुनाको घोल बनाई फर्मा बनाएर शेरवाल लगाए जसरी उक्त पर्खाल लगाइएको छ । सो घर निर्माणमा आवश्यक १२ टन गाँजाका डाँठ बझाङबाट ल्याइएको हो । बझाङमा उत्पादन भएको गाँजाको बोटबाट गाँउपालिकको रोहवरमा लागुपदार्थजन्य मानिने सामग्री हटाएर त्यहीँ नष्ट गरि गाँउपालिकाले लागुपदार्थ नभएको किटानी दिएपछि सोही सिफारिसका आधारमा जनकपुरमा ल्याएर सो डाँठलाई मेसिनको सहायताबाट टुक्रा गरिएको थियो ।

गाँजाको डाँठका टुक्रामा घोल्ने १६ टन चुना भने भारतको जयपुरबाट ल्याइएको हो । नेपालमा पाइने चुनामा मिसावट भएको फेला परेपछि त्यसबाट सोचे जस्तो फाइदा नहुने भएको र भारतबाट राम्रो चुना झिकाइएको उनले बताए । गाँजाको डाँठ मिसाएर बनाइएको घर सिमेन्टको भन्दा बढी टिक्ने गोपालले बताए । घरको आयू धेरै हुनुमा चुना सिमेन्टभन्दा टिकाउ हुनु पनि हो । सोही चुनाले डाँठको आयू पनि बढाउँछ ।

गोपालले सोे घर व्यवसायिक प्रयोजनका निम्ति बनाएका हुन् । घरको तीन वटा तलामा होटल तथा लज सञ्चालन भइरहेको छ । चौथो तल्ला उनले आफ्नै प्रयोगको लागि सुरक्षीत राखेका छन् । दुई करोड पचास लाखभन्दा बढी लगानीमा बनेको घरलाई उनले व्यवसायिक रुप दिएका हुन् । पर्यटकिय क्षेत्र हेलम्बुमा जुन जुलाइ बाहेकका सबैजसो समयमा पर्यटकहरु आउने गर्दछन् । पहिले पहिले विदेशी पर्यटकले मात्रै भ्रमण गर्ने सो स्थान अहिले नेपाली पर्यटकको रोजाइमा समेत पर्न थालेको छ ।

गोपालले सो घरमा सञ्चालीत रिसोर्टको आम्दानी पनि सामाजिक सेवामा खर्च गर्ने गरेका छन् । सो होटलमा भएको आम्दानी हेलम्बु क्षेत्रमै शिक्षा, युवा र विपद्को क्षेत्रमा काम गरिरहेको जस्ट नेपाल फाउण्डेसन नामक गैरसरकारी संस्था मार्फत सामाजिक काममा खर्च हुने गरेको छ । कोभिड महामारीको विषम परिस्थीतीमा व्यापार नहुँदै पनि रिसोर्टको नाफाबाट २ लाख ५० रुपैंया फाउण्डेसनलाई सहयोग गरेको गोपालले बताए ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

बुबाको  मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

बुबाको मुख हेर्ने मात्र होइन, योगदान बुझ्ने दिन

हिमाल ढुंगेल नेपाली समाजमा भाद्र कृष्ण औँसीलाई ‘कुशे औँसी’ अर्थात् ‘बुबाको मुख हेर्ने दिन’का रूपमा मनाउने परम्परा छ। यस दिन छोराछोरीले आफ्ना बुबालाई भेटेर मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिएर सम्मान गर्ने चलन छ। टाढा रहेका सन्तानले फोन वा अन्य माध्यमबाट बुबालाई...

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

प्रेस युनियन रामेछापमा पहिलो पत्रकारिता पुरस्कार घोषणा

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापका नेता तथा पत्रकार युवराज श्रेष्ठले पत्रकारहरूको संरक्षण, हित र प्रोत्साहनका लागि १ लाख ११ हजार १ सय ११ रुपैयाँ ११ पैसाको अक्षय कोष स्थापना गरी पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणा गर्नुभएको छ। नेपाल प्रेस युनियन रामेछाप...

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ

रामेछाप, २२ भदौ । नेपाल प्रेस युनियन रामेछापको अध्यक्षमा कुमार श्रेष्ठ निर्विरोध निर्वाचित हुनुभएको छ। शनिबार सम्पन्न युनियनको ५औँ जिल्ला अधिवेशनले श्रेष्ठको नेतृत्वमा ११ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो। नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सागर...