रामेछाप । मन्थली नगरपालिका वडा नं–६ भलुवाजोरको हात्तिटारवाट सदरमुकाम मन्थली तर्फ आउँदै गरेको बा ३ ख ५३६७ नम्बरको ट्रिफर गाडी सोमबार दिउँसो दुर्घटना गाडी चालक घाइते भएका छन् ।
भलुजोरको हात्तिटारवाट बालुवा लिएर सदरमुकाम मन्थली तर्फ आउँदै गरेको उक्त ट्रिफर मन्थली नगरपालिका वडा नं–६ कुनौरीमा दुर्घटना भएको हो । दुर्घटनामा परि गाडी चालक ३१ वर्षिय टेकबहादुर श्रेष्ठ घाइते भएका छन् । घाइते चालकको घटनास्थलवाट उद्धार गरि मन्थलीमा रहेको तामाकोशी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता श्रीशंकर श्रेष्ठले जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण खुल्न सकेको छैन्, गाडीमा चालक मात्रै सवार थिए ।
घाइते चालकको टाउँको र दाहिने हातमा चोट लागेको छ । उनको अवस्था खतरामुक्त रहेको उपचारमा संलग्न तामाकोशी अस्पतालका डा.केशब धामीले जानकारी दिए । उनका अनुसार चालक श्रेष्ठको टाउँकोमा चोट लागेकाले सिटीस्क्यान गर्न भोली काठमाण्डौं पठाउने तयारी गरिएको डा.धामीले बताए ।
पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने
काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...