काठमाडौं । नेपाली काँग्रेसले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन एमसीसीबारे आफ्नो धारणा सार्वजनीक गरेको छ । माघ २७ गतेबाट शुरु भएको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पछी आफ्नो धारणा सार्वजनीक गरेको कांग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
साथै बैठकले म्याद सकिँदा पनि अधिवेशन गर्न नसकेका १० वटा भ्रातृ संस्थाको केन्द्रीय समिति भंग गर्ने निर्णय समेत गरेको जनाएको छ । भंग भएका भ्रातृसंस्थाको नयाँ तदर्थ समिति बन्नेछ । कार्यसमिति भंग भएका भ्रातृ संस्थामा नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल महिला संघ, नेपाल किसान संघ र नेपाल प्रजातन्त्र सेनानी संघ रहेका छन् । यस्तै बैठकले नेपाल आदिवासी जनजाति संघ, नेपाल लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ, नेपाल ठाकुर समाज र नेपाल भूतपूर्व सैनिक संघको केन्द्रीय समिति पनि भंग गर्ने निर्णय गरेको छ ।