एमालेको रामेछापको चुनावि प्रतिबद्धतापत्र सार्वजनिक

Written by meropradesh creator

२१ बैशाख २०७९, बुधबार

रामेछाप । नेकपा एमाले रामेछापले आज पार्टिको तर्फबाट प्रतिबद्धता पत्र सार्वजनिक गरेको छ । एमालेले “सामाजिक न्याय सन्तुलित विकास र सुशासनमा जोड” दिंदै त्यसको कार्यान्वयनका लागि नेकपा एमाले ढृद्ध संकल्पीत रहेको बताएको छ । एमालेले आज विहान सदरमुकाम मन्थलीमा पत्रकार सम्मलन गरि आफनो प्रतिबद्धता सार्वजनिक गरेको हो ।

प्रतिबद्ध्ता पत्र सार्वजनिक गर्दे एमालेका जिल्ला अध्यक्ष आनन्द श्रेष्ठले पत्रकारका माझ आफनो पर्टिले जिम्मेवार पुर्वक जनता माझ जान चाहेको भन्दै पार्टि सरकारमा रहदा विगतमा गरेका राम्रा काम र भावि कार्ययोजनाहरुलाई पनि प्रतिबद्धता पत्र मार्फत सार्वजनिक गरिएको जानकारी गराए ।

नजिकिदै गरेको स्थानिय निकायको निर्वाचनलाई लक्षित गरि ल्याईएको प्रतिबद्धतापत्रमा जिल्लाका सबै स्थानिय निकायहरुको दिर्घकालीन विकास र तिनको कार्यान्वयनका लागि जिल्ला पार्टिको तर्फबाट जारी गरिएको प्रतिबद्धतापत्रमा शिक्षा,स्वास्थ कृषि,खानेपानी,याताातको दिगो विकास स्वरोजगार देखि शुसासन सम्म गरि करिब २० वटा बुँदा लाई समावेश गरिएको छ । उक्त बुंदामा आफना उमेद्वारहरुले विजयी भएको खण्डमा आगामि ५ बर्षमा गरिने कार्य योजना सहितको स्पष्ट खाका तयार गरिएको छ ।

सामाजिक न्याय,सन्तुलित विकाश,संबृद्धि र शुसासनका लागि नेकपा एमालेलाई मतदान भन्ने मुल नारा सहित एमालेले तय गरेको १९ पेज लामो प्रतिबद्धता पत्रमा उसले सबै शिर्षकको बुँदागत रुपमा ब्याख्या गरेको छ । जस अनुसार उसले तय गरेका मुख्य शिर्षकमा स्थानिय तहको पुर्वाधार विकाश र सेवा प्रर्वाह,शिक्षा तथा शैक्षिक पुर्वाधार,स्वास्थ र पोषण,खानेपानी,सडक पुर्वाधार ,विद्युतिकरण र आधुनिक उर्जा,जलश्रोत तथा सिंचाई,र कृषिको विकास र आधुनिकिकरणमा जोड दिएको छ ।

 

त्यसैगरि सामाजिक सुरक्षा कार्यक्रम विस्तार र ब्यवस्थापन,बन वाताबरण तथा विपद् ब्यवस्थापन,उद्योग बाणिज्य तथा आपुर्ति भुकम्प पछिको पुनः निर्माण र ब्यवस्थापन भुमि ब्यवस्थापन र शहरी विकास र बस्ति विकास,पर्यटन पर्वद्धन,सामाजिक संंघ संस्थाको ब्यवस्थापन बैक वित्तिय सस्थाको उचित ब्यवस्थापन देखि शुसासन सम्मका कुराहरुलाई पनि उसले आफनो घोषणा पत्रमा उल्लेख गरेको छ ।

विगत ५ बर्षेमा आफना जन प्रतिनिधिले गरेको कामको अनुभबका आधारमा उसले आगामि दिनमा आफना तर्फबाट जितेका सबै जनप्रतिनिधिहरुले मनोपली ढंगले काम गर्न नपाउने भन्दै उनिहरुले पार्टिले तय गरेको प्रतिबद्धता पत्रलाई मुल आधार बनाएर काम गर्ने निति पार्टिले अबलम्बन गर्न लागेको जानकारी पनि एमालेले पत्रकार सम्मेलन मार्फत गरायो । प्रतिबद्धता सार्वजनिक गर्दे अध्यक्ष आनन्द श्रेष्ठले विगतका कमि कम्जोरी मार्फत शिक्षा प्राप्ती गरेको एमाले जनजीविकाका सवालमा गम्भिर र जिम्मेवार रहेको भन्दै त्यसको बास्तविक कार्यान्वयन र स्थानिय निकायको दिगो विकासका लागि पनि प्रतिबद्धता पत्र जिल्लाको दिघो विकासका लागि कोशे ढुंगा सावित हुने विश्वास पनि अध्यक्ष श्रेष्ठले गरे ।

पार्टिबाट जितेको कतिपय जनप्रतिनिधिहरुको ब्यवहारले विगतमा एमालेले पनि ठुलो अपजस भोग्नु परेकोले एमाले पार्टिले पनि विगतको समिक्षा र आगामी ५ बर्षमा आफना मतदाताहरुलाई आर्कर्षित गराउने खालका सकरात्मक नितिहरुलाई पनि आफनो प्रतिबद्धता पत्रमा उल्लेख गरेको छ । सार्वजनिकिकरण कार्यक्रममा पार्टि उप सचिव एवं प्रचार विभाग प्रमुख प्रकाश कुमार कार्कि,एमाले मन्थली नगर अध्यक्ष राम बाबु घिमिरे समेतको सहभागिता रहेको थियो ।

Related Articles

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

पौंस २६ बाट चरिकोटमा शहीद प्रधानको स्मृतिमा प्रदेश स्तरीय भलिवल प्रतियोगिता हुने

काठमाडौँ – शहीद हेमन्त प्रधानको स्मृतिमा नेपाली काँग्रेस दोलखा प्रदेश ‘क’ ले प्रदेश स्तरीय खुला भलिवल प्रतियोगिता आयोजना गर्ने भएको छ ।‘स्वास्थ्यका लागि खेलकुद राष्ट्रका लागि खेलकुद’ भन्ने नारा सहित आगामी पौस २६ गतेबाट सुरु हुने प्रतियोगितामा बागमती प्रदेशका १३...

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप काँग्रेस महासमिति सदस्य २१ जनाको उम्मेदवारी दर्ता : जनजाति महिला र दलितमा निर्विरोध 

रामेछाप । नेपाली काँग्रेस रामेछापको महासमिति सदस्यका लागी २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जम्मा ११ महासमिति सदस्य चयन हुन पर्नेमा २१ जनाले उम्मेदवारी दिएको निर्वाचन समितिले जनाएको छ ।  महिला महासमिति सदस्य र दलित महासमिति सदस्यको लागी भने एक एक महाधिवेशन...

कार्की पुनः काँग्रेसमा प्रवेश 

कार्की पुनः काँग्रेसमा प्रवेश 

रामेछाप । नेपाली काँग्रेस मन्थली नगरपालिका वडा नम्बर १० का युवा नेता ईश्वरी कुमार कार्की पुनः नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कार्कीलाई शनिवार नेपाली काँग्रेसका पूर्व पार्टी सभापति रामचन्द्र पौडेलले खादा लगाएर नेपाली काँग्रेसमा प्रवेश गराएका छन् । कार्कीले...

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप जेसीज २०२४ को अध्यक्षमा सन्तोष खत्री

रामेछाप । रामेछाप जेसीज २०२४ को अध्यक्षमा जेसी सन्तोष खत्री निर्विरोध निर्वाचित भएका छन् । शुक्रवार सम्पन्न रामेछाप जेसीज १० औँ शाखाको अधिवेशन बाट खत्री निर्विरोध निर्वाचित भएका हुन् । कार्यकारिणी उपाध्यक्षमा जेसी कुमार श्रेष्ठ , र जेसी संगीता श्रेष्ठ कानुनी...

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

सरकारी र सार्वजनिक जग्गा संरक्षण गर्न स्थानीय तहलाई जिल्ला प्रशासनको निर्देशन

जिल्ला प्रशासन कार्यालय रामेछापले जिल्लास्थित सबै स्थानीय तहहरूलाई आफ्नो क्षेत्रभित्र रहेका सरकारी तथा सार्वजनिक जग्गाको संरक्षण गर्न र अतिक्रमित भूमि खाली गराउन निर्देशन दिएको छ। प्रशासनले जिल्लाका दुई नगरपालिका र छ गाउँपालिकालाई पत्राचार गर्दै सार्वजनिक सम्पत्तिको...

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

खुर्कोट–भकुण्डेबेँसी सडकखण्ड साँझ ५ देखि बिहान ५बजेसम्म बन्द

 रामेछाप । बिपी राजमार्गको खुर्कोट–भकुण्डेबेँसी सडकखण्डमा अहिले साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमनमा रोक लगाइएको छ।  काभ्रे र सिन्धुलीका प्रमुख जिल्ला अधिकारीहरूबीचको छलफलपछि जिल्ला सुरक्षा समितिको बैठक बसेर उक्त खण्डमा राति सवारी साधन चलाउन नदिने निर्णय...

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

सुकुम्बासी बस्तीमा आत्महत्या प्रकरण: प्रधानमन्त्री शाहमाथि छानबिन गर्न प्रहरीमा निवेदन

काठमाडौंका सुकुम्बासी बस्तीमा भएका दुई आत्महत्याका घटनालाई लिएर 'जेनजी मुभमेन्ट नेपाल' ले प्रधानमन्त्री एवं गृहमन्त्री बालेन्द्र शाहमाथि छानबिनको माग गर्दै काठमाडौं जिल्ला प्रहरी परिसरमा निवेदन दर्ता गरेको छ। बल्खु र थापाथली बस्तीमा भएका ती आत्महत्याका घटना सरकारको...